हाम्रो समय

जीप दुर्घटनामा दुई यात्रुको ज्यान गयो


|
२०७१ चैत्र ८ आईतवार



फोटो :
दुर्घटनापछि घाइतेलार्इ उपचारका लागि राखिएको धादिङ अस्पतालमा आफन्तको भिड । तस्बिर : मनिष दुवाडी
धादिङ : नीलकण्ठ नगरपालिका–१ सिउडीबारमा आइतबार बिहान बोलेरो जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा अन्य ६ जना जना यात्रु घाइते भएका छन् ।

धादिङकै काउलेबाट धादिङबेसीतर्फ आउँदै ना १० च ६८६६ नम्बरको बोलेरो जीप दुर्घटनामा ज्यान गुमाउनेमा नीलकण्ठ–१ का १० वर्षीया अनिशा मगर र ७ वर्षीया आशिका मगर रहेका छन् ।

दुर्घटनामा घाइते हुनेहरुमा ५२ वर्षीय गोपी मगर, १२ वर्षीय विनोद मगर, ७ वर्षीया सुस्मिता मगर, ८ वर्षीय सुशल मगर, ४ वर्षीया अनुजा मगर र जीप ड्राइभर ४५ वर्षीय वीरबहादुर गुरुङ छन् ।

कच्ची सडकमा जीप अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी निरीक्षक बासुदेव थापाले बताए । दुर्घटनामा घाइते भएका २ जनाको जिल्ला अस्पताल धादिङबेंसीमा उपचार भइरहेको छ ।

घाइते भएका अन्य ४ जनाको जिल्ला अस्पताल धादिङबेसीमा सामान्य उपचारपछि काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook