छोराले घरबाट निकालेपछि ८१ वर्षीया वृद्धाको जङ्गल र सडकमा बास
सल्यानको दार्माकोटमा घर निकाला गरिएकी वृद्धा श्रीनगरमा एक महिनादेखि अलपत्र परेकी छन् । दार्माकोट गाविस ८ पैयाँडाँडाकी ८१ वर्षीया मनी वलीलाई उनका परिवारले एक महिनाअघि घर निकाला गरेका हुन् । घर निकालापछि जङ्गल र सडकपेटीमा बास बसेकी वली हाल भने शारदा नगरपालिका –२ श्रीनगरस्थित एक महिलासँग बस्दै आएकी छन् ।
” उहाँले आफूले वृद्धालाई घरमा औषधोपचारसमेत गरेको जानकारी दिनुभयो । वृद्धा यही फागुन ७ गतेदेखि भण्डारीसँग बस्दै आएकी हुन् । “नातिनी बुहारीले सबै कपडा खोलामा लगेर फालिदिई” वृद्धाले भनिन् “जा जान्छेस जा भनेर घरबाट निकालेपछि के गर्नू ?” हालसम्म पनि कोही खोज्न नआएको वृद्धाको भनाइ छ । “मसँग भएको सुनका गहना पनि दिएँ, वृद्धभत्ता पनि दिएँ” उनले भनिन्“ हुँदाखादासम्म राम्रै माने तर अहिले घरबाट निकाले” वृद्धाले दुखेसो पोखिन् । घरबाट कोही खोज्न नआएपछि प्रहरीमा उजुरी गरेको भण्डारीले बताउनुभयो । उहाँका पति ८४ वर्षीय पतु भने घरमै छन् ।
उनका छोरा भागिरथ स्थानीयस्तरमा धामी भनेर चिनिन्छन् । “उसले गेडा हेरेर यो बूढी एक हप्तामै मर्छे, यसलाई किन पालनपोषण गरेका छौ भनेर छोराले भनेको छ रे” वृद्धाले भनिन् “त्यस्तो घरमा म कसरी फर्केर जान सक्छु ?” उनका नातिले फोन गरेर उनकी आमालाई पालनपोषण गर्नेलाई धम्की दिएको स्थानीयवासी दीपक शाहीले बताउनुभयो । मानसिक रूपमै पीडित वृद्धाले आफूलाई छोरीको घर पठाइदिन सबैलाई आग्रह गरे पनि उनलाई समेत छोरीको घर थाहा छैन ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook