भान्जाको ब्रतबन्धमा सहभागी हुनेगरी नेपाल आउँदैछन् पारस

प्रकाशित मिति: 8:10-26 am, March 12, 2015
काठमाडौं,फागुन २८ – दशैं, तिहार, आमा र बाबुको जन्मदिनमा पनि नेपाल नआएका पूर्व युवराजा पारस शाह भान्जाको व्रतबन्धमा नेपाल आउने भएको खबर आजको नेपाल समाचारपत्र दैनिकले लेखेको छ ।
चैत १५ मा हुने भान्जा पार्थक सिंहको व्रतबन्धका लागि उनी नेपाल आउँन लागेका हुन् । लागू औषध सेवनको आरोप लागेको मुद्दाको फै सला हुने टुंगो लागेपछि बहिनी प्रेरणाले छोराको व्रतबन्धको टुंगो लगाएकी थिइन् । पारस नेपाल आउँने भएपछि पूर्व राजपरिवारमा खुशी छाएको छ । व्रतबन्धमा मामा नभई नहुने भएपछि पारस एक दुई दिनमा नै छु ट्ने भएपछि नेपाल आउँने भएका हुन् । पारिवारिकस्रोतका अनुसार पारस चैतको पहिलो साता नेपाल फर्क नेछन् । त्यसपछि भने परिवारले उनलाई थाइल्याण्ड जान नदिने तयारी गरेको छ ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook