हाम्रो समय

आगलागीमा एकै परिवारका सात बालकालिकाको मृत्यु




प्रकाशित मिति: 6:40:58 pm, March 22, 2015
न्युयोर्क, चैत ८ – अमेरिकाको न्यु योर्क राज्यको ब्रुकलिनमा रहेको एक भवनमा शनिबार बिहान सबेरै भएको लागलागीमा परी सात बालबालिकाको मृत्यु भएको छ ।

न्यु योर्क प्रहरी विभागका अधिकारीकाअनुसार ५ देखि १६ वर्षका ती बालबालिकाहरु एक परिवारका रहेका छन् । ती बालबालिकाहरुमा तीन छोरी र चार छोरा रहेको पनि सो स्रोतले जानकारी दिएको छ ।
ती बालबालिकाको अन्त्येष्टि सम्भवत आइतबार अपराह्नमा हुने बताइएको छ । सो आगलागी भान्छामा रहेको हट प्लेटबाट सुरु भएको प्रहरीले अनुमान गरेको छ ।
आगलागीमा परी ज्यान गुमाउने बालबालिकाका ४५ वर्षीया आमा र एक अर्की १४ वर्षीया छोरीले भने दोस्रो तलाको झ्यालबाट हामफालेर ज्यान बचाएका बताइएको छ ।
तर ती दुवैको अवस्था पनि गम्भीर रहेको बताइएको छ । यस आगलागी नियन्त्रणको लागि १०० भन्दा बढी अग्नीनियन्त्रकहरुको सहभागिता रहेको जनाइएको छ ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook