मर्मतपछि थाइ जहाज उड्यो
२०७१ चैत्र ८ आईतवार
काठमाडौं : त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा चिल ठोक्किएर ग्राउन्डेड भएको थाइ एयरवेजको जहाज मर्मतपछि उडेको छ । गोदावरी माथिको आकाशमा आइपुगेपछि जहाजमा चिल ठोक्किएको थियो ।

कालो चिल ठोक्किएपछि जहाजको दायाँतर्फको इन्जिनको ५÷६ ठाउँमा प्वाँल परेको थियो । इन्जिनमा क्षति भएपछि इन्जिनियरहरुले आवश्यक मर्मत गरी उड्न योग्य ठहर्याएपछि २१६ यात्रु लिएर जहाज बैंकक उडेको हो ।
चिल ठोक्किएपछि दिउँसो २ बजे उड्नुपर्ने जहाज साढे ४ घण्टापछि साँझ साढे ६ बजे उडेको हो ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook