अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियमको निर्माण सुरु
March 22, 2015
बैतडी , ८ चैत्र – सुदुरपश्चिममै पहिलो पटक सरकारले ११ करोड अनुमानित लागतमा दशरथचन्द क्रिकेट स्टेडियमको निर्माण कार्य सुरु भएको छ । बैतडी सदरमुकाम नजिकै रहेको सुन्दरखाली क्रिकेट मैदानको स्तरोन्नती गरेर सुविधा सम्पन्न खेल मैदानको निर्माण कार्य सुरु गरिएको हो ।
तत्काललाई १ करोड ४० लाखको टेण्डर स्वीकृत भएर काम सुरु गरिएको क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्र नम्बर ६ बैतडीका कार्यवाहक अध्यक्ष बिनोद चन्दले बताए ।

खेलमैदान तथा प्रशिक्षक, प्रशिक्षणलगायत पूर्वाधार अभावले स्तरीय खेल हुन नसक्ने भएकाले क्षेत्रका पदाधिकारीले मैदान निर्माण लगायतको माग गर्दै आइरहेका थिए ।
भौतिक पूर्वाधार र प्रशिक्षण नपुग्दा स्तरीय क्रिकेट खेल्न र राष्ट्यि स्तरका प्रतियोगिता गराउन नसक्दा क्षेत्रका अधिकारी खेलाडी निराश थिए ।
मैदान अभावमा प्रतियोगिता सम्पन्न गर्न कठिनाई भइरहेको अवस्थामा सरकारले खेल मैदान निर्माणको लागि बजेट बिनियोजन गरेपछि यहाँका क्रिकेटर उत्साहित भएका हुन ।
मैदान, पेभेलियन, ड्रेसिङ रुम, प्रशासकीय भवन, जिम हल र प्राक्टिस हल सहितको सुविधा सम्पन्न खेल मैदान बनाउने योजना रहेको कार्यवाहक अध्यक्ष चन्दले बताए ।
तीन महिनाभित्र दुई मिटर उच्चो पर्खाल तथा कटिङ लागायतका काम सुरु गरिएको छ । खेल मैदान निर्माणपछि भारतसँग सिमा जोडिएको यो ठाँउमा भारत का खेलाडीहरु आउन सक्ने र खेलको स्तर समेत बढन सक्ने क्षेत्र नम्वर ६ का सचिव तेजप्रकाश भट्टले बताए ।
पाँच बर्षमा राष्ट्यि तथा अन्तराष्ट्यि स्तरका क्रिकेट प्रतियोगिता खेलाउन सकिने खेल मैदानको निर्माण कार्य गत मंगलबारदेखी सुरु भएको हो ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook