नातिनी बलात्कार गरेर भागेका वृद्ध दाङमा गाई करणी गरी मारेको आरोपमा पक्राउ
ताजा समाचार र विचार पढ्नका लागि हामीसँग फेसबुक लाइक र फलो गर्नुहोस्, तपाई ट्वीटरमा पनि समाचार प्राप्त गर्न सक्नुहुनेछ ।
, ८ चैत । आफनै नातिनीलाई जबरजस्ती करणी गरेको आरोपमा फरार रहेका एक वृद्ध गौहत्याको आरोपमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाघमारे गाविस–७ सालघारी का ५९ बर्षका नरबहादुर दमाई रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभएको छ ।
गोठमा बाँधीराखेको गाईलाई करणीको प्रयास गर्दा लात्तीले हाने पछि हत्या गरेको प्रहरीले बताएको छ । ५ बर्षीय नातिनिलाई बालात्कार गरेर फरार भएका परियारले हिजो राति साढे ८ बजे गाईएको हत्या गरेको प्रहरीले बताएको छ ।
पक्राउ परेका परियार विरुद्ध जबरजस्ती करणी र हाडानाता करणी सम्बन्धि मुद्दा चलिसकेको र अब गौहत्या सम्बन्धि पनि मुद्दा चलाउने तयारी भएको प्रहरी उपरिक्षक जोशीले बताउनु भएको छ । २०७० साल साउन २३ गते नातिनिलाई करणी गरेको आरोप पक्राउ परेका दमाई ३ दिन अघि मात्र घरमा आएका थिए ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook