हाम्रो समय

दाङमा स्वीईमिङ पुलको अभाव


प्रकाशित मिति : आइतबार, चैत ८, २०७१
नारायण खड्का ,दाङ। आउँदा गर्मि दिनहरु बजारहरुमा पानीको काकाकुल स्थिति उत्पन्न हुन्छ । एक गाग्र्री पानीका लागि घन्टौं लाईन वस्नुपर्नै हुन्छ । नुहाउने वा सरसफाईकालागि पानीको प्रयाप्त उपलब्धता हुँदैन । चर्को गर्मि छल्न वजारवासीले उपयुक्त स्थान पाउन सकेका छैनन् ।

खोला र नदि किनारका नजिकका वासिन्दाहरु भने यो सिजनमा मज्जाले पौडि खेलिरहेका भेटिन्छन् । सुख्खा मौसम संगै वजार क्षेत्रमा व्यापक पानीको हाहाकार हुन्छ । जसले गर्दा बजार वासीले एक वाल्टि पानीले नुहाउनुपर्छ । चित्त वुझाउन विवश हुनुपर्छ । त्यसको विकल्प खडा गर्न यस क्षेत्रका होटेल व्यवसायीहरुपनि ध्यान दिइरहेका छैनन् ।

दाङ जिल्लामा स्वीइमिङ पुलको व्यवस्था भएका होटेलको संख्या नगन्य छ । जिल्लामा एउटा मात्रै स्वीईमिङ पुल भएको होटेल तुलसीपुरमा छ । वस्टर्न पार्टी प्यालेस । त्यसैले दिउँसोको समयमा गर्मि छल्न बजारका युवा र वालवालिका त्यहाँ पुग्ने गरेका छन् । पौडिका शौखिनहरु देखि पौडि खेल्न सिक्नेहरुकालागि समेत वस्टर्न पार्टी प्यालेस बजारवासीकालागि एक मात्रै विकल्पको रुपमा छ । हुन त राजधानि जस्तो यस जिल्लामा स्वीईमिङ पुलमा जाने कलचरको विकास भै नसकेको वताउने गरिन्छ । जिल्लामा ववई नदि सबैभन्दा ठूलो जलसम्पदा हो ।

यो लगाएत दर्जनौं खहरे खोलाहरु रहेपनि गर्मी याममा अधिकाँस सुकिसकेका हुन्छन् । विश्वमा ब्राजिलपछि जलसम्पदाको दृष्ट्रिले नेपाल दोस्रो धनि देश मानिन्छ । तर नेपालमा मनपरी वन विनाश,दिगो विकासको अवधारणा अनुरुप विकास नहुनु र जलवायु परिवर्तनले गर्दा पानीका मुहानहरु सुक्दै गएको चिन्ता विज्ञहरुको छ ।

त्यसैले पौडिका शौखिनहरु यात बवई पुग्नुको विकल्प रहँदैन कि वस्टर्न पार्टी प्यालेस नै धाउनुपर्ने वाध्यता छ । शनिवारको मध्यान्हमा संवाददाता तुलसीपुरको वस्टर्न पार्टी प्यालेस पुग्दा आधा दर्जन यूवाहरु एकै साथ पौडिमा रमाई रहेका भेटिए । आधा दर्जन वढि वाललालिका डिलमा वसेर पालो कुरि रहेका थिए । ‘न घोराहीमा यस्तो व्यवस्था भएको होटेल छ , न लमहिमा । तुलसीपुरमा पनि एक मात्रै स्वीमिङपुल भएको होटेल यहि मात्रै हो ।

त्यसैले शनिवारहरुको दिन स्कुले वालवालिकाहरुको अधिक चाप रहन्छ ।’ वस्टर्न पार्टी प्यालेसका एक संचालन कृष्ण खड्काले भने ‘ शनिवार दर्जनौ विद्यार्थी एकै साथ सुइमिङकालागि आउने हुँदा पालो कुर्नु परेको हो ।’ उनले भने, के गर्नु हजुर राजधानि काठमाडौंमा पो दर्जनौं यस्ता सुइमिङपुल छन्,तर यहाँ यो मात्रै हो , कि सल्यानमा यस्तो व्यवस्था छ कि भने वाँकेमा , दाङमा स्वीङमिङ पुल भएको होटेल यहि मात्रै भएकोले घोराही देखि समेत गर्मी चढे पौडि खेल्न आउँछन् ।

विश्व पानी दिवसको अवसरमा आईतवार दाङ सहित मुलुकभर सम्बन्धित संघसस्थाले यो दिवस विभिन्न कार्यक्रमका साथ मनाईयो । तर जिल्लामा रहेका उद्योग पति वा व्यवासयीहरुले गर्मी छल्न सुईमिङपुल निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेको सुन्नमा आएन । आरटिफिसियल पुलहरुको राजधानिमा व्यापकता छ, प्रयोगपनि त्यस्तै तर यहाँ उचित व्यवस्थापन कसरी गर्ने भन्ने वारे चिन्ता खासै देखिएन ।

पानी सम्पूर्ण प्राणीको जीवन रक्षाको लागि नभै नहुने तत्व हो । पानी संरक्षणमा चेतना अभिवृद्धि गर्नका लागि सन् १९९३ मार्च २२ देखि प्रत्येक बर्ष पानी दिवस मनाउन थालिएको हो । तर हाम्रो जस्तो तेस्रो विश्वमा भने यो कुरा कागलाई वेल पाक्यो हर्ष न विस्मात भनेझै मात्रै भएको छ ।

दिवसको अवसरमा पानी संरक्षणको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाले पानीका मुहान र जलधार क्षेत्रको संरक्षण गर्ने विषयमा चेतनामुलक कार्यक्रमको आयोजना त गरिन्छ तर कार्यान्वयन देखिदैन । पहुँच वालाहरुको घर÷घरमा चौविसै घन्टा धारा उपलव्ध हुन्छ, महंगा होटेलहरुमापनि त्यो सुविधा उपलब्ध छ । तर कतै चाँहि एक गाग्री पानीकालागि भकुरा भकुर र लुछालुछ गर्नुपर्ने स्थिति छ । घन्टौं कुर्नुपर्ने र लाईनमा वस्नुपर्ने वाध्यता छ ।

जसलाई पानीको समुचित र वैज्ञानिक प्रयोग तथा वितरण भन्न मिल्दैन । पानीको स्रोत संरक्षणकोलागि जिल्ला स्थित खहरले खोलाहरुमा हाइड्याम निर्माण टड्कारो आवश्यक्ता भैरसकेको छ


0 comments

प्रतिक्रिया दिनुश

Facebook