हाम्रो समय

गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु

Posted: Sunday, Mar 15, 2015 16:41 PM (लमजुङ, चैत १ – लमजुङको बाहुनडाँडा गाडी दुर्घटना हुँदा दुई जनाएको ज्यान गएको छ । बाहुनडाँडा–५ धुवाँखोलामा बा २ च ७४३३ नम्बरको ल्याण्डकुजर गाडी आइतबार दुर्घटना हुँदा अन्य पाँच जना घाइते भएका छन् ।

ताघ्रिङस्थित माथिल्लो मस्र्याङ्दी–२ को कार्यालयबाट बाहुनडाँडाका लागि छु टेको गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको थियो । दुर्घटनामा ज्यान गुमाउनेमा ललितपुरको लुभुका ३९वर्षका रविनकुमार श्रेष्ठर काठमाडौंका ४० वर्षका ध्रुवनारायण मानन्धर रहेको प्रहरीले जनाएको छ ।

ध्रुवको घटनास्थलमै र रविनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा ज्यान गएको हो । दुर्घटनामा काठमाडौंका रितेश श्रेष्ठ, विनोद खड्की, विरेन्द्र बानिया, सिन्धुपाल्चोकका प्रकाश माझी र चितवन कु रिनटारका हिराबहादुर मगर घाइते भएका छन् ।

घाइते सबैलाई तीन वटा हेलिकप्टर चार्टर गरी काठमाडौंको बयोधा अस्पताल लगिएको छ । घाइते मध्ये विरेन्द्र बानियाको अवस्था चिन्ताकजनक छ । लमजुङको ताघ्रिङमा निर्माण हुने भनिएको ६ सय मेगावाटको माथिल्लो मस्र्याङ्दी–२ जलविद्युत आयोजनाको विद्युत प्रशारण लाइन सर्भेका लागि आएको टोली चढेको गाडी दुर्घटना भएको हो ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook