हाम्रो समय

पाकिस्तान रवेष्टइण्डिज क्वाटर फाइनलमा

Posted: Sunday, Mar 15, 2015

काठमाडौं, चैत १ - पाकिस्तान र वेष्ट इण्डिजजारी विश्वकपको क्वाटर फाइनलमा पुगेका छन् । आइतबार सकिएको दोश्रो खेलमा आयरल्याण्डलाई ७विकेटले हराउँदैपाकिस्तान क्वाटर फाइनलमा पुगेको हो । पाकिस्तानले आयरल्याण्डलाई हराएपछि वेष्ट इण्डिजपनि अन्तिम ८मा पुगेको छ । पाकिस्तान र आयरल्याण्डबीचको खेल बराबरी भएको भएवेष्ट इण्डिज बाहिरिने थियो ।

आयरल्याडसँगको खेलमा जितका लागि पाएको २ सय ३८रनको लक्ष्य पाकिस्तानले ४६ दशमलव १ ओभरमा ३ विके ट गुमाएर पुरा गर्‍यो । पाकिस्तानलाई जिताउन शरफराज अहमदले नट आउट शतक पुरा गरे ।यस्तै अहमद सेहजादले ६३ र कप्तान मिसवाह उल हकले ३९ रन बनाए।

0 comments

प्रतिक्रिया दिनुश

Facebook