रानीबारीमा दम्पत्ती हत्या गर्ने दुई अभियुक्त सार्वजनिक

'दुई लाख सुपारीलिएर दम्पत्तीको हत्या'
काठमाडौं :रानीबारीमा १२ वर्षअघि एक दम्पत्तीको हत्या गर्ने दुई अभियुक्तलाई प्रहरीलेपक्राउगरी सार्वजनिक गरेको छ।प्रहरीलेपक्राउगरेका दुई अभियुक्तमा सामाखुसीका मनराज गुरुङ रजोरपाटीका प्रमेशचौहान रहेका छन्। दुवैलाई प्रहरीलेकाठमाडौंबाटपक्राउगरेको हो। (i)
उनीहरुले दुई लाख सुपारी लिएरदम्पत्तीको हत्या गरेको खुलासाभएको छ।वैदेशिक रोजगारीमा संलग्न व्यवसायी गीता खड्काको हत्याका लागि सुपारीलिएका उनीहरुले सूचना लिक नहाेस् भनेरतल्लो तलमा रहेका इन्जिनियर हेमन्त श्रेष्ठर उनकी पत्नी अञ्जलीको हत्या गरेको बयान प्रहरीलाई दिएका छन्।प्रहरीले पत्रकार सम्मेलनगरी दुवै अभियुक्त सार्वजनिक गरेको हो।
२०५९असार३१ गते बिहान रानीबारीमा एक दम्पत्तीको ओछ्यानमै खुकुरी प्रहारगरी वीभत्सहत्या गरिएको थियो। हत्यारालेइन्जिनियरहेमन्त श्रेष्ठरउनकी पत्नी अञ्जलीको हत्या गरेपछि बालिकालाई हत्या प्रयासगरेका थिए।
खकुरी प्रहारगरी घाइते भएकी बालिका आज्ञाश्री उपचारपछि सामान्यअवस्थामाआएकी थिइन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अभियुक्त सार्वजनिक गर्न पत्रकारसम्मेलनको आयोजना गरेको छ।के न्द्रीय अनुसन्धानब्यूरोकाप्रमुख डिआइजी हेमन्तमल्ल ठकुरीले निकै लामो अनुसन्धानर निरन्तरकोप्रयासपछि अभियुक्त पक्राउगर्न प्रहरी सफलभएको र आजै सार्वजनिक गरिने बताए।
घटनाकोछानबिनतथा अभियुक्तकोखोजी गर्न प्रहरीले पटकपटक कार्यदल बनाए पनिप्रहरीलेअभियुक्त पहिचान गर्न सके को थिएन।रानीबारी हत्याका अभियुक्त पक्राउगर्न नसके कोमा प्रहरीको आलोचना पनिभएको थियो
0 comments
प्रतिक्रिया दिनुश
Facebook