एसएलसीपरीक्षामापाँच लाख७४ हजारभन्दा बढी परीक्षार्थी,दृष्टिविहीन परीक्षार्थीले कक्षा ९को सहयोगी राख्न पाउने

परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको चैत्र ५ देखि शुरु हुनेएसएलसी परीक्षामा दृष्टिविहीन परीक्षार्थीका लागि कक्षा ९ मा अध्ययनरत व्यक्तिलाई सहयोगीका रुपमा राख्न पाउने व्यवस्था गरेको छ ।
कार्यालयमा आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले गतवर्षसम्मदृष्टिविहीन परीक्षार्थीले कक्षा ८ अध्ययनरत विद्यार्थीलाई सहयोगी राखेर परीक्षा दिने व्यवस्था गरेकोमा यसवर्ष त्यो व्यवस्थालाई परिमार्जन गरेको बताए।
त्यसैगरी, यसवर्षदेखि एसएलसी परीक्षा दिने परीक्षार्थीको विस्तृत विवरणसहितको कन्ट्रोल लिष्ट कार्यालयको वेभसाइट डब्लुडब्लुडब्लु डट एसओसिइ डट जिओभी डट एनपी बाटसार्वजनिक गर्ने भएको छ।
कुन विद्यालयबाट कसले कु न विषयमा परीक्षा दिएको भन्ने विवरणसहित विद्यालयको नाम, परीक्षार्थीको नाम, जन्ममिति, रजिस्ट्रेसनमा भरेको विषय, परीक्षा दिएको विषयसहितको सम्पूर्ण विवरण राख्ने भएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ।
परीक्षा नियन्त्रकद्वारेले भने, “विगतका वर्षमा यस्तो व्यवस्था नहुँदा रजिस्ट्रेसन फारामभर्दा रपरीक्षा दिँदा फरकविषय भएमा अनुत्तीर्ण हुने, मिसिङ हुने समस्या आउने गरेकोमा यसवर्ष परीक्षार्थीको सबै विवरण वेभसाइटमा राखिदिएपछि परीक्षार्थीले कु नै पनि गल्ति भएमा तत्काल सच्याउनका लागि नतिजा सार्वजनिक गर्नु अघि नै कार्यालयलाई जानकारी गराउन सक्नेछन्।”
यो व्यवस्थाले मिसिङ न्यूनीकरण हुने, परीक्षामा उत्तीर्ण हुनेको सङ्ख्या बढ्ने र विद्यार्थीले दुःख पाउनुनपर्ने उनको भनाइ छ । कार्यालयले परीक्षा सकिएको एक साताभित्र विद्यार्थीको विवरण वेभसाइटमा राख्ने भएको छ।
त्यसैगरी एसिड छर्कि एर घाइते भई अस्पतालमा उपचार भइरहेका दुई छात्रालाई नजिकको के न्द्रबाट प्रश्नपत्रसहितको टोली खटाइ अस्पतालबाटै परीक्षा दिने व्यवस्था मिलाइएको जानकारी दिँदै उनले लेख्न नसक्नेका हकमा सहयोगी राख्न पाउने व्यवस्था गरिएको बताइएको छ।
कार्यालयले परीक्षार्थीले प्रश्नपत्रमा उत्तरलेखेर प्रश्नपत्र साट्ने जस्ता गलत कार्य रोक्न प्रश्नपत्रको सिरानीमा सिम्बोल नम्बर लेख्नुपर्ने व्यवस्था गरेको छ।
त्यसैगरी शिक्षा ऐन,२०२८ को दफा १७ बमोजिम परीक्षाको मर्यादाविपरीत अमर्यादित कार्य गर्ने जोकोहीलाई कसुरको मात्रा हेरेररु एकलाख जरिवाना वा ६ महिना कैद वा दुवै सजाय गर्ने व्यवस्था गरेको परीक्षा नियन्त्रक द्वारेले जानकारी दिए।
होमसेन्टर भएका विद्यालयमा सोही विद्यालयमा कार्यरत व्यक्तिलाई परीक्षामा खटाउन नपाइने रपरीक्षार्थीका हकमा परीक्षार्थीले कु नै पनि किसिमको अनियमित एवम् अनुशासनहीन काम गरेमा, अर्को व्यक्तिलाई परीक्षा दिन लगाएको पाइएमा परीक्षा रद्द गरी अर्को एकवर्षसम्म परीक्षा दिन नपाउने गरी कारबाही गर्ने भएको छ ।
कार्यालयले परीक्षाको सबै तयारी पूरा गरेको जानकारी दिँदै नियन्त्रक द्वारेले परीक्षालाई मर्यादित रुपमा सम्पन्न गराउन सबैसँग आह्वान गरेका छन्।
यसवर्षको परीक्षामा कु ल पाँच लाख ७४ हजार ६८५ जना परीक्षार्थी सहभागी हुने, जसमा नियमिततर्फ छात्र दुई लाख १२ हजार५०४ रछात्रा दुई लाख १३ हजार ७१० गरी कु ल चार लाख २६ हजार २१४ जना परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् ।
एक्जाम्टेडतर्फ भने छात्र ५९ हजार २५३ जना र छात्रा ८५ हजार ९३० जना गरी कूल एकलाख ४५ हजार १८३ जना सहभागी हुने भएका छन् ।प्राविधिकतर्फ भने छात्र दुई हजार ३७ जना र छात्रा तर्फ एक हजार २५१ जना गरी कु ल तीन हजार २८८ जना परीक्षामा सहभागी हुनेछन्।
परीक्षार्थीमध्ये सबैभन्दा बढी काठमाडौँमा ३४ हजार ५८७ र सबैभन्दा कम मनाङमा ७४ जना रहेका छन् भने यसवर्ष परीक्षा दिनेमा छात्रभन्दा छात्राको सङ्ख्या बढी रहेको छ ।
यसवर्षका परीक्षाका लागि देशभर कूल एकहजार८६२ वटा परीक्षा के न्द्र कायम गरेको उनले जानकारी दिए, जसमा सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौँमा ९१ र सबैभन्दा कम मनाङ र मुस्ताङमा एक˗एकवटा के न्द्र कायम गरिएको छ ।
परीक्षाका लागि २७ हजार ९३० जना सुरक्षाकर्मी, एक हजार८६२ जना केन्द्राध्यक्ष, दुई हजार ४४० सहायक केन्द्राध्यक्ष, २३ हजार १४ जना निरीक्षकर सात हजार ६९९ जना कार्यालय सहायकपरिचालन गरिने भएको परीक्षा नियन्त्रकद्वारेले जानकारी दिए।
कार्यालयले यसवर्ष परीक्षामा खटिने सबै व्यक्तिको दैनिक भत्तासमेत वृद्धि गरेको छ, जसअनुसार के न्द्राध्यक्षको दैनिकरु पाँच सयबाट रु आठ सय, सहायक केन्द्राध्यक्षको रु ३५० बाटरु पाँच सय, निरीक्षकको रु दुई सयबाटरु ३५०, सुरक्षाकर्मीको रु ५० बाट रु १५०, कार्यालय सहयोगीको रु १ सयबाटरु २०० पुर्याइएको परीक्षा नियन्त्रकद्वारेले जानकारी दिए।
त्यस्तै,परीक्षाको उत्तरपुस्तिका परीक्षण गर्ने परीक्षकलाई एउटा उत्तरपुस्तिकाको रु १५ दिँदै आएकामा यसवर्षदेखि रु २० पुर्याइएको र सम्परीक्षण गर्नेलाई रु ४ बाटरु ५ दिनेगरी वृद्धि गरिएको छ।
पत्रकार सम्मेलनमा शिक्षा सचिव विश्वप्रकाश पण्डितले प्राविधिकविषयमा यसवर्ष परीक्षा दिने परीक्षार्थीलाई कक्षा ११ मा पनि प्राविधिकविषय नै पढ्न पाउने व्यवस्था गरिने जानकारी दिए।
परीक्षा तालिका चैत ५ गते अनिवार्य अंग्रेजी चैत ६ गते अनिवार्य नेपाली चैत ८ गते गणित चैत ९ गते विज्ञान चैत १० गते सामाजिक चैत ११ गते स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा चैत १२ गते ऐच्छिकप्रथम चैत १३ गते ऐच्छिकदोस्रो
0 comments
प्रतिक्रिया दिनुश
Facebook