एटिएमबाट १ करोड २० लाख चोर्ने वुल्गेरियन पक्राउ
25 Mar 2015 | 17:37pm
बुधबार ११ चैत्र, २०७१
एटिएमबाट १ करोड २० लाख चोर्ने वुल्गेरियन पक्राउ
काठमाडौं- विभिन्न व्यक्तिको मास्टर, भिसा कार्डको पिन नम्वर चोरीगरी एटिएमबाट पैसा निकाल्ने एक विदेशीलाई प्रहरीले एक करोड २० लाख सहित पक्राउ गरेको छ। केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबीले) बुल्गेरियन नागरिक पेट्रोस्लाभ रिस्टोभलाई पिन नम्वर ह्याक गरी पैसा निकालेको आरोपमा ठमेलको त्रिदेवीमार्ग स्थित टेम्पल टाइगर अपार्टमेन्टबाट पक्राउ गरेको हो।
atm
उनको कोठाबाट प्रहरीले मास्टर कार्ड १७९ थान फेला पारेको छ। ती कार्डहरुमा लेवल टाँसी पिन नं. समेत उल्लेख थिए। म्याग्नेटिक कार्ड रिडर, ल्यापटप,मोबाईल समेत प्रहरीले उनको कोठाबाट बरामद गरेको छ।
डाटाहरु समेत गैरकानुनी तरिकाले चोरी गरी अन्य कार्डहरुमा सो डाटा राखी दरबारमार्ग, ठमेल लगायत विभिन्न स्थानका बैंक एटिएमबाट उनले पैसा निकाल्दै आएका थिए। उनले निकालेको रकम मनी चेन्जरमार्फत् यूरो र डलरमा सटही हुँदै आएको प्रहरी अनुसन्धानले देखाएको छ। त्यस्तो डलरलाई उनले विदेश पठाउने गरेको अनुसन्धानले पुष्टि गरेको छ।
atm1
चैत ५ गते ठमेल स्थित एटिएम मेसिनहरुमा पटक पटक कार्डहरुको प्रयोग गरेको शंकास्पद गतिविधि देखिए पछि प्रहरीले ४२ बर्षीया रिस्टोभलाई पच्छ्याएको थियो। ठमेलका एटिएममा देखिएको सिसि टिभी फुटेज र हिमालयन बैंकमा देखिएको फुटेजका आधारमा प्रहरीले उनको खोजी थालेको थियो।
उनी दिउसोको समयमा त्रिदेवीमार्ग क्षेत्रमा रहेका विभिन्न बैंकहरुको एटिएममा पस्ने र त्यहाँ कम्तिमा १०-१५ मिनेट बसी फेरि अर्को एटिएम मेसिनमा जाने गरेका थिए।
पटक पटक गरि पछिल्लो ६ महिनामा ४ पटक भिसा एक्जिट गर्दै उनी नेपालमा बस्दै आएका थिए।
0 comments
प्रतिक्रिया दिनुश
Facebook