आफ्नो स्वास्थ्यवारे गलत प्रचार गरेको भन्दै प्रधानमन्त्रीद्धारा असन्तुष्टि
काठमाडौं, १२ चैत्र । प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो स्वास्थ्यका बारेमा अनर्गल प्रचार गरेको भन्दै असन्तुष्टी जनाएका छन् ।
आज प्रधानमन्त्री निवासमा संघिय समावेशी मोर्चाको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले आफलाई मौसम परिवर्तनका कारण सामान्य रुघा खोकी मात्र लागेको भन्दै मरिसक्यो भन्ने ढंगबाट प्रचार गरेको भन्दै दुख व्यक्त गरे ।
उनले आफ्नो एक मात्र उदेश्य संविधान निर्माण भएकाले संविधान जारी भएपछि स्वतः सत्ता छाड्ने भन्दै सत्ताको लोभका कारण पदमा नटासिएको प्रष्ट गरे । प्रधानमन्त्री कोइरालाले आन्दोलनले निकास दिन नसक्ने भन्दै यही ढंगबाट दलहरुबीच धु्रबीकरण बढी रहे विगतका आन्दोलनका उपलब्धीहरु गुम्ने खतरा रहेको बताए ।
उनले आफु प्रधानमन्त्री भएपछि मुलुकमा वैदेशिक लगानी ह्वात्तै बृद्धी भएको भन्दै अब राजनीतिक अस्थिरतालाई अन्त्य गर्दै आर्थिक विकासको बाटोमा लाग्नुपर्ने बताए । मोर्चाले नयां संविधानमा पुर्ण समानुपातिक प्रणाली बनाउनुपर्ने, जातका नाममा राज्यको नामाकरण गर्न नुहने लगायतका माग राखेको छ ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook