कार दुर्घटनामा बामदेवका
स्वकीय सचिव गम्भीर घाइते

प्रकाशित मिति: 1:42:31 pm, March 22, 2015
सप्तरी, चैत ८– पूर्वपश्चिम राजमार्गअन्तर्गत
रायपुरस्थित रूपनीमा गए राति कार दुर्घटना हुँदा
उपप्रधानमन्त्री वामदेव गौतमका स्वकीय
सचिवसहित दुई जना गम्भीर घाइते भएका छन् ।
सप्तरीको बरमझियाबाट पेडा लिएर काठमाडौँ जाँदै
गरेको बा१झ ८५२४ नंको कार दुर्घटना हँुदा गृहमन्त्री
गौतमका स्वकीय सचिव प्युठान जिल्ला निवासी
विजयराज विष्ट र कारमै सवार सिरहा पोर्ताहा–५ का
अशोक यादव घाइते भएको सप्तरी प्रहरीले जनाएको छ
।
कार स्वकीय सचिव विष्ट आफँैले चलाएर जाँदै गर्दा
अचानक टायर पड्किएर दुर्घटनामा परेको बताइएको छ
। घाइते दुवैको रायपुरस्थित युनिक अस्पतालमा उपचार
भइरहेको छ ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook