हाम्रो समय

‘विमान धकेल्नेबेला भयो




काठमाडौं, फागुन२३ – धावनमार्ग छेके रबसेको टर्कि स एयरलाइन्सको जहाज अब धकेल्नेअवस्थामा पुर्याइएको त्रिभुवन अन्तर्राष्ट्रियविमानस्थलले जनाएको छ । ‘रातभरको प्रयासलेजहाजलाई धावनमार्गको तहमा ल्याइएको छ, अब फलामको पाता राखेरजहाजधके ल्ने काम हुन्छ’ विमानस्थलका प्रबन्धकपूर्ण चुडालले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार बिमानका सबै चक्का फेर्ने कामशुक्रबार दिउँसो नै सकिएको थियो । घाँसेमैदानमा बाटो बनाउने रअरु प्राविधिककाम रातभरभएको उहाँले बताउनुभयो । अब सुरक्षित रुपमा विमानलाई पार्कि ङ गर्ने ठाउँमा धकेलिने विमानस्थललेजनाएको छ ।

तरविमान धकेल्न पनिसमय लाग्नेभएकालेधावनमार्ग सञ्चालन कुनबेलादेखि हुन्छ भन्ने यकिन नभएको चुडाललेबताउनुभयो ।शनिबार बिहान १० बजेसम्म अन्तर्राष्ट्रिय उडानर अवतरण रद्द गरिएको भएपनि १० बजे नैसञ्चालन नहुने पक्का छ ।

अवरुद्ध धावनमार्ग खुलाउन अस्ति भारतबाट ल्याइएको उपकरणसहित विज्ञ टोलीलेनिरन्तरकाम गरिरहेपनि जहाज पन्छाउन सकिएको छैन । दुर्घटनाग्रस्त जहाजलाई चारवटा हावा भरिएका बेलुनको सहायताले माथि उठाइएको छ ।ती बेलुनलाई सहायता दिन काठर ट्रकको पनि प्रयोगगरिएको छ ।

गएको बुधबार बिहान दुर्घटना भएको जहाजले धावनमार्ग छेक्दा तीन दिनदेखि अन्तर्राष्ट्रिय हवाई उडानठप्प भएको छ । काठमाडौंबाट विदेश जान लागेका र विदेशबाट नेपालफर्क न खोजेका हजारौं यात्रु विचल्लीमा परेका छन्।

0 comments

प्रतिक्रिया दिनुश

Facebook