हाम्रो समय

ताप्लेजुङ सदरमुकाममा आगलागी, २४ घर ध्वस्त (अपडेट)


सोमबार , ९ चैत्र २०७१ ८:३२

ताप्लेजुङको फुङलिङमा ९ चैत साँझ भीषण आगलागी भएको छ ।
साँझ करिब ७ बजेतिर शुरु भएको आगोले फुङ्लिङ नगरपालिका-४ का करिब २४ घर जलिसकेको स्थानीय तीलक खतिवडाले जानकारी दिएका छन् ।
बाक्लो बस्तीमा जोडिएका घर भएको फुङलिङ बजारमा दमकल समेत नहुँदा आगो निभाउन समस्या भइरहेको छ । छेउमै रहेको नेपाली सेनाको ब्यारेक पनि जोखिममा रहेको स्थानीयले बताए ।
आगो नियन्त्रणमा आउन नसकेको र थप क्षति हुने भएपछि अहिले स्काभेटर लगाएर जोडिएका घर भत्काउन थालिएको छ ।
पूर्वेली होटेल र भान्जा होटेलबाट शुरु भएको आगो निभाउन स्थानीयबासी, प्रहरी र सेना परिचालित भएका छन् ।
विस्तृत खबर आउन अझै बाँकी नै छ ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook