हाम्रो समय

गुडदै गरेको बसको खुलेको डिकीले लाग्दा पैदल यात्रु ठहरै; राजमार्ग अवरुद्ध


प्रकाशित मिति : बुधबार, चैत ११, २०७१


धार्दिङ। गुडदै गरेको बसको खुलेको डिकीले लाग्दा धार्दिङ वेनिघाटमा एक पैदल यात्रुको मृत्यु छ। मृत्यु हुने बेनिघाट ८ की अन्दाजी ३५ बर्षकी लक्ष्मी गुरुङ रहेको स्थानियलाई उदृत गर्दै सहकर्मी विप्लव अधिकारीले जनाएका छन्।

काठमाडौंबाट काकरभिट्टा जाँदै गरेको यति ट्राभल्सको ना ५ ख ४१६३ नम्वरको बसको डिकीले लाग्दा गुरुङको मृत्यु भएपछि धार्दिङ वेनिघाटमा स्थानियहरुले राजमार्ग अवरुद्ध गरेका छन्।

स्थानियहरुले राजमार्ग अवरुद्ध गरेपछि धार्दिङ भएर राजधानी आउने र जाने सयौं सवारी राजमार्गमा अलपत्र परेका छन्। पैदलयात्रु महिलाको बेनिघाटमा मृत्यु भएपछि स्थानियहरुले सवारीलाई तोडफोड समेत गरेका छन्। प्रहरी प्रसासनले अवरुद्ध राजमार्ग सञ्चालनमा ल्याउन पिडितपक्षसँग छलफल शुरु गरेको छ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook