चालकले मापसे गरे गाडी आफै बन्द हुने
२०७१ चैत ११ गते ८:५५ मा प्रकाशित
mapaseहालैका दिनहरुमा अनुसन्धानकर्ताहरु यस्तो कार निर्माण गर्ने कार्यमा जुटिरहेका छन् जुन कार मादक पदार्थ सेवन गरेको चालकले चलाउनै सक्दैनन् । अर्थात् ड्राइभरले मादक पदार्थ सेवन गरेमा यो कार स्टार्ट नै हुँदैन ।
अमेरिकाको मिसिगन विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले यसका लागि कारभित्र यस्तो उपकरण जडान गरेका छन् मानिसको रगतमा भएको अल्कोहलको मात्रा पत्ता लगाउँछ ।
अध्ययनबाट यो प्रविधिले दुर्घटना तथा लागतमा उल्लेखनीय न्यूनिकरण गरेको नतिजा प्राप्त भएको छ । यो उपकरणका माध्यमबाट सवारी दुर्घटनाका कारण हुने ८५ प्रतिशत मृत्यु घटाउन सकिन्छ ।
अमेरिकी शोध पत्रिका पब्लिक हेल्थमा प्रकाशित शोधमा लेखिएको छ, ‘यो प्रविधिको सहायताले अमेरिकामा मात्रै १५ वर्षमा सवारी दुर्घटनामा ज्यान गुमाउने ५९ हजार मानिसको ज्यान जोगाउन सकिन्छ भने साढे १२ लाख सवारी दुर्घटना टार्न सकिन्छ ।’
शोधका मुख्य लेखक प्याटि्रक कार्टरका अनुसार चालकले रक्सी पिएको कुरा पत्ता लगाएर आफै स्टार्ट बन्द हुने उपकरण जडान गरिएका कारको प्रयोगबाट सार्वजनिक स्वास्थ्य लाभ तथा सामाजिक लागतमा बचत गर्न सकिन्छ ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook