Posted: Wednesday, Mar 25, 2015 15:42 PM
महोत्तरी, चैत्र ११ – महोरीका विभिन्न परीक्षा केन्द्रबाट बुधबार एकै दिन एसएलसी दिँदै गरेका २ सय २७ जना परिक्षार्थी निष्काशित भएका छन् ।
अनिवार्य स्वास्थ्य, वातावरण तथा जनसंख्या विषयको परीक्षामा सहभागी उनीहरुलाई चिट चोर्दै गरेको अवस्थामा फेला पारेपछि निष्काशन गरिएको महोत्तरीका जिल्ला शिक्षा अधिकारी अरविन्दलाल कर्णले जानकारी दिनुभयो ।
औरहीमा रहेको श्रीप्रसाद उच्च मावि परीक्षा केन्द्रबाट ७१, पिप्रा उच्च माविबाट ७०, राम उच्च मावि मटिहानीबाट ४२, सुकदेब उच्च मावि सुगाबाट ३२ जना र खेरुखी उच्च मावि लोहारपट्टी परीक्षा केन्द्रबाट १२ जना परीक्षार्थी निष्काशनमा परेका हुन् । यस अघि मंगलबार भएको अनिवार्य सामाजिक विषयको परीक्षामा महोत्तरीबाट ९१ जना परिक्षार्थी र ३ जना निरीक्षक निष्काशनमा परेका थिए ।
निष्काशित विद्यार्थीको सम्बन्धित विषयको परीक्षा रद्द गरिएको शिक्षा अधिकारी कर्णले बताउनुभयो । त्यसैगरी एसएलसी परीक्षामा अमर्यादित गतिविधि गरेको आरोपमा परीक्षा समन्वय समिति महोत्तरीले जिल्लाका चार वटा परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई लिखित चेतावनी दिएको छ ।
विजलपुरामा रहेको जनता उच्च मावि डाँडाटोल परीक्षा केन्द्रका केन्द्राध्यक्ष भरतप्रासद यादब, खेरुखी उच्च मावि लोहारपट्टी परिक्षा केन्द्रका केन्द्राध्यक्ष रामकृष्ण मण्डल, उच्च मावि बखरीका केन्द्राध्यक्ष जिवेन्द्रप्रसाद सिंह र योगकुमार उच्च मावि बलवाका केन्द्राध्यक्ष बैदेहिशरण यादबलाई परीक्षा समन्वय समितिले लिखित चेतावनी दिएको हो ।
हाम्रो समय
एकै दिन २ सय २७ जना परिक्षार्थी निष्काशित
0 comments
प्रतिक्रिया दिनुश
Facebook