बाख्रा चराउन गएका बोगटीको मृत्यु
बाख्रा चराउन गएका बोगटीको मृत्यु ११ चैत, अछाम । अछाममा भीरबाट खसेर एक जनाको मृत्यु भएको छ ।
मंगलसेन नगरपालीका वडा नम्बर ३ लाछीमना निवासी ४६ वर्षीय चक्र बोगटीको मंगलबार दिउँसो भीरबाट खसेर घटनास्थलमै ज्यान गएको हो ।
बाख्रा चराउन जंगल गएका बेला नजीकैको गाध्धे भीरबाट लडेर बोगटीको ज्यान गएको उनका आफन्त शेर बहादुर बोगटीले जानकारी दिए ।
भीरबाट करीब २ सय ५० मीटर तल खसेका अवस्थामा उनको शव भेटिएको थियो । गोठाला गएकाहरुले मृत अवस्थामा बोगटीलाई देखेपछि आफन्तलाई खबर गरेका थिए ।
उनको आजै दाहसंस्कार गरिनेछ । पछिल्लोे समय अछाममा भिरबाट खसेर ज्यान गुमाउनेको सङ्ख्या बढ्दै
0 comments
प्रतिक्रिया दिनुश
Facebook