अर्थमन्त्री चढेको गाडीमा माओवादी विद्यार्थीबाट आक्रमण
कास्की, ११ चैत । अर्थमन्त्री रामशरण महत चढेको गाडीमाथि एकीकृत नेकपा माओवादी समर्थित विद्यार्थीले आक्रमण गरेका छन् ।
मन्त्री चढेको बा १३ च २५१ नम्बरको गाडीमाथि विद्यार्थीहरुले पोखराको सिम्पानीमा आक्रमण गरेका हुन् । पोखराबाट कास्कीको सल्यान गाउँ बुधबार आयोजित एक कार्यक्रममा जाँदै गरेका मन्त्री महतको गाडीमाथि बिहान साढे ११ बजे तिर लुकेर बसेका विद्यार्थीले ढुंगा प्रहार गरेका थिए ।
प्रहरीले मन्त्री महतको गाडीमा ढुंगामुढा गरेको आरोपमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य किरण सापकोटा क्षितिज, पृथ्वीनारायण क्याम्पस पोखराका अखिल क्रान्तिकारीका नेताहरु लक्ष्मीप्रसाद सुवेदी, नेत्र चापागाइँ, दिनेश पौडेल र विशाल गुरुङलाई पक्राउ गरेको छ ।
३० दलीय मोर्चाको सरकारका मन्त्रीलाई कालोझन्डा देखाउने निर्णयअनुसार विद्यार्थीले कालोझन्डा देखाउन खोजेको तर सो असफल भएपछि ढुंगा प्रहार गरेको प्रहरीको भनाई छ ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook