हाम्रो समय

​हरि र विश्वरुपा चीनतर्फ


Posted: Wednesday, Mar 25, 2015 15:43 PM
काठमाडौं, चैत ११ - मध्यम दुरीका धावक हरिकुमार रिमाल र धाविका विश्वरुपा बुढा विश्व क्रस कन्ट्री च्याम्पियनसिपमा भाग लिन बुधबार चीनको गुइवान प्रस्थान गरेका छन् ।
मार्च २८ तारिखमा हुने च्याम्पियनसिपमा हरिले पुरुषको १२ किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्नेछन् । विश्वरुपाले महिलाको ८ किलोमिटर दूरीमा भाग लिने छिन् । घरेलु प्रतियोगितामा दुवैले नेपाल आर्मीको प्रतिनिधित्व गर्छन् । गत फागुन ७ गते भएको कान्तिपुर हाफ म्याराथन र पुस ५ गते भएको एडिडास रोड रेसको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले जनाएका छन् । हरि र विश्वरुपाले राजधानीमा भएका दुवै प्रतियोगितामा पहिलो स्थान हात पारेका थिए ।
उनीहरुलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामा, एथलेटिक्स संघका अध्यक्ष एवं सभासद राजिवविक्रम शाहलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook