हाम्रो समय

धादिङ र मकवानपुरमा दुर्घटना, ४ को मृत्यु


२०७१ चैत ८ गते १७:५२ मा प्रकाशित
८ चैत, काठमाडौं । धादिङ र मकवानपुरमा आइतबार भएका गाडी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । अरु १० जना घाइते भएका छन् ।
धादिङको काउलेबाट सदरमुकाम धादिङबेसी तर्फ आउँदै ना १० च ६८६६ नम्बरको बलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नीलकण्ठ नगरपालिका-१ का १० वर्षीया अनिशा मगर र ७ वर्षीया आशिका मगर छन् ।
दुर्घटनामा ५२ वर्षीया गोपी मगर, १२ वर्षीय विनोद मगर, ७ वर्षीया सुस्मिता मगर, ८ वर्षीय सुसल मगर, ४ वर्षीया अनुजा मगर र चालक ४५ वर्षीय वीरबहादुर गुरुङ घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि काठमाडौं ल्याइएको छ ।
मकवानपुरमा भारतीय जिप दुर्घटना
यसैगरी मकवानपुरको कुलेखानीमा भारतीय नम्बरको जिप आइतबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जे एच ०१ जी डी ७२०७ नम्बरको जिप देउराली र कुलेखानीको बीचमा सिमखोला भन्ने स्थानमा दुर्घटना भएको हो ।
मृतक एक पुरूष र एक महिला छन् । उनीहरूको सनाखत भएको छैन । घाइते ५ जनालाई उपचारको लागि काठमाडौं ल्याइएको छ ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook