हाम्रो समय

विपक्षी मोर्चाको आन्दोलनबारे ओली निवासमा छलफल


Posted: Sunday, Mar 22, 2015 18:56 PM ( 2 minutes ago )

भक्तपुर, चैत ८ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको एमाले स्थायी कमिटीको बैठकमा एमाओवादी विपक्षी मोर्चाले गर्ने आन्दोलनका बारेमा छलफल भएको छ ।
बैठकपछि संचारकर्मीलाई प्रतिक्रिया दिंदै एमाले सचिब प्रदीप ज्ञवालीले बैठकमा देशको समसायिक राजनीतिक अबस्थाका साथै विपक्षी मोर्चाले गर्ने भनेको आन्दोलनका बारेमासमेत छलफल भएको बताउनुभयो ।
उहाँले बैठकमा मुलुकको समसामयिक राजनीतिक अबस्थाका साथै एमाओबादी नेतृत्वको बिपक्षी मोर्चाले गर्ने भनेको आन्दोलन र यसका चुनौतिकोबारेमा समेत छलफल भएको बताउनुभयो । बैठकमा एमाले भित्रको कार्यबिभाजनका बारेमा पनि छलफल भएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘बैठकमा मुलुकको समसामयिक राजनीतिक अबस्था एमाओबादी नेतृत्वको बिपक्षी मोर्चाले गर्ने भनेको आन्दोलन, यसका चुनौतिको र एमाले भित्रको कार्यबिभाजनबारे छलफल भयो ।’ बैठक सोमबार पुनः बसेर थप छलफल गरिने उहाँले जानकारी दिनुभयो ।
बैठकमा एमालेका निबर्तमान अध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष एवं गृहमन्त्री बामदेब गौतम, उपाध्यक्ष भीम रावल र बिद्या भण्डारी, महासचिब ईश्वर पोखरेल, पृथ्बी गुरुङ, योगेश भट्राई लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook