हाम्रो समय

अफगानिस्तानमा एघार तालिवान मारिए



काबुल, ११ चैत । अफगानिस्तानमा तालिवानविरुद्ध जारी राखिएको अफगान राष्ट्रिय प्रहरीको कारबाहीमा परी ११ तालिवान मारिएका छन् । अफगानिस्तानको राष्ट्रिय प्रहरीले गत २४ घन्टाभित्र विभिन्न स्थानमा गरेको कारबाहीका क्रममा ती हतियारधारी मारिएका समाचारमा जनाइएको छ ।
सशस्त्र तालिवानका विरुद्धमा गरिएको सो कारबाहीमा परी ती तालिवान मारिएको जानकारी अफगानिस्तानको गृह मन्त्रालयले बुधबार समाचारमा जनाइएको छ । गएको २४ घन्टामा भएको सो कारबाहीका क्रममा ती तालिवान मारिएको अफगानिस्तानको राजधानी काबुलबाट प्राप्त समाचारमा जनाइएको हो ।
अफगानिस्तानका कुनार, कान्दाहार, उरुज्गान, लोगार, गजनी, हेरात, फराह, र हेलमान्ड प्रान्तका विभिन्न स्थानमा सो कारबाही भएको बताइएको छ ।
अफगानिस्तानको गृह मन्त्रालयले बिहीबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिएको छ । सो कारबाहीका क्रममा सुरक्षाबलतर्फ भने कुनै हताहतको समाचार नभएको जनाइएको छ । सि

0 comments

प्रतिक्रिया दिनुश

Facebook