हाम्रो समय

एसिडपीडितलाई नोबेलमा छात्रवृत्ति



काठमाडौं/ एसिड आक्रमणमा परेका दुई छात्रालाई नोबेल एकेडेमीले प्लस टु अध्ययनका लागि छात्रवृत्ति दिने भएको छ । केही समयअघि एसिड आक्रमणमा परी घाइते भएका छात्राहरूले अस्पतालबाटै एसएलसी परीक्षा दिएका छन् ।

वसन्तपुरस्थित ट्युसन सेन्टरमा एसिड आक्रमणमा परेका कान्ति ईश्वरी स्कुलमा अध्ययनरत छात्रा सीमा बस्नेत र शान्तिकुञ्ज स्कुलमा अध्ययनरत संगीता मगरले अस्पतालबाटै एसएलसी परीक्षा दिँदै छन् । सीमा बस्नेत वीर र संगीता मगरले केएमसीमा उपचार गराइरहेका छन् ।
नोबेल एकेडेमीका संस्थापक अध्यक्ष सुरेन्द्र श्रेष्ठले साइन्स, म्यानेजमेन्ट जे पढे पनि दुवैजनालाई छात्रवृत्ति उपलब्ध गराउने निर्णय भएको बताए ।
अध्यक्ष श्रेष्ठले भने, ‘एसिड आक्रमणमा परेका पीडित किशोरीहरूलाई पढाइमा हौसला दिनका लागि छात्रवृत्ति दिने निर्णय गरेका हौँ ।’
सञ्चालन भइरहेको एसएलसी परीक्षामा सीमा बस्नेत आफैँले लेखेकी छिन् भने संगीता मगरले सहयोगी राखेकी छिन् ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook