हाम्रो समय

अविवाहित छोरीले बच्चा जन्माएपछि...



२०७१ चैत्र ८ आईतवार

काभ्रे: अविवाहित छोरीले बच्चा जन्माएपछि काभ्रेको एक परिवार अचम्ममा परेको छ ।  आज विहान ४ बजे घरमा बच्चा रोएको आवाज सुनिएपछि छोरीको कोठमा गएर हेर्दा ५७ बर्षे आमा अचम्मित भएकी छिन् ।  
 
पनौती ३ बस्ने ३३ वर्षे अविवाहित कान्छी तिमल्सिनाले विहान ओछ्यानमै छोरा जन्माएकी छिन् । मानसिक सन्तुलन ठिक नभएकी तिमल्सिना घरमा आमासंगै बस्दै आएकी थिईन् । 
 
नौमहिना सम्म आफुलाई छोरीको गर्भ रहेकोबारे केही पनि थाहा नपाएको र छोरीको कोसगँ शारिरीक सम्बन्ध थियो सो समेत थाहा नभएको आमाले बताईन् । 
 
छोराबुहारी छुट्टीसकेको र घरमा छोरीसँगै आफु बस्दै आएको ती वृद्ध आमाले बताएकी छिन् । अविवाहित छोरीले बच्चा जन्माएको छिमेकीले जिल्ला प्रहरी कार्यलयको महिला सेलमा जानकारी गराएपछि घटना सार्वजनिक भएको हो । 
 
छोरा र आमालाई धुलिखेलस्थित सेभ हाउसमा राखिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

0 comments

प्रतिक्रिया दिनुश

Facebook