पानी छोएको भन्दैकुटाई पाएको सम्झेरसभासद परियारमञ्चमै रुइन

Posted: Saturday, Mar 21, 2015 18:52 PM ( 11 minutes ago )
जनार्दन पोखरेल/उज्यालो । महोत्तरी, चैत्र ७- एकीकृ त नेकपा माओवादीकी सभासद अनिता परियार महोत्तरीको एक कार्यक्रममा भाषण गर्दागर्दै डाको छोडेर रुनु भएको छ ।
महोत्तरीको लक्ष्मिनियाँ ८मा रहेको राष्ट्रिय जनता प्राविको भवन शिलान्यास कार्यक्रममा विषेश अतिथीको रुपमा निम्त्याएकी सभासद परियार मञ्चमा भक्कानिंदै डाँको छोडेर रुनु भएको हो ।
एकीकृ त माओवादीका प्रमुख सचेतक गिरीराजमणि पोखरेल प्रमुख अतिथि रहेको कार्यक्रममा सभासद परियार भाषण गर्दागर्दै डाँको छोडेर रोएपछि कार्यक्रममा उपस्थित सबैले आँसु खसालेका थिए । माइती गाउँमा भोगेको भेदभावको कुरा सम्झिँदा उहाँ शनिबार नै परेको
जातीय भेदभाव विरुद्धको दिवसको अवसरमा भएको कार्यक्रममा हुनुहुन्न थियो । आफैं ले कक्षा पाँचसम्म
सभासद परियारदलित भएकै कारण विगतमा आफू माथि विद्यालयमा भएको दुर्व्यवहार र कु टपिटको घटना सम्झिएर भक्कानिनु भएको हो । लक्ष्मिनियाँ सभासद परियारको माइती गाउँ हो ।
‘यो विद्यालयमा कक्षा पाँचमा पढ्दा म साथीहरुसँगै अफिस कोठामा पानी खान गएकी थिएँ, मलाई एक जना शिक्षकले ‘दमिनी’ भएर पानीको घैंटो छु ने भन्दै लौरोले हान्नु भएको मैले अझै विर्सिएकी छैन’ सभासद परियारले रुँदै भन्नुभयो ‘त्यहि इनारहो (विद्यालय नजिकै रहेको इनार तर्फ देखाउँदै) पानी खान जाँदा म धेरै पटक कुटिएकी थिएँ, दुव्र्यवहारमा परेकी थिएँ । त्यो कुटाईले अझै पनि मेरो दाहिने कान दुख्छ, राम्रो सुन्दिन ।’
उहाँले पानी पँधेरो, गाउँ समाज, स्कू ल कलेज जताततै आफू ले छु वाछू तको दुव्र्यवहार भोग्नु परेकाले आफू समाजपरिवर्तनको लागि राजनीतिक आन्दोलनमा होमिएको बताउनुभयो । ‘दलित भएकै कारण मैले विद्यालय र इनारमा कुटाई नखाएको भए सायद म राजनीतिमा लाग्दिनथें होला’ सभासद परियारले भन्नुभयो । कार्यक्रममा सभासद परियारलाई विगतमा
‘दमिनी’ भन्दै दुर्व्यवहार गर्ने शिक्षकहरुले पनि नमस्ते गर्दै माला पहिर्याएर सम्मान गरेका थिए। उनीहरुले सभासद परियारलाई विगतमा आफू हरुबाट भएको दुव्र्यवहार विर्सन आग्रह गर्दै विद्यालयको शैक्षिकर भौतिकविकासमा सहयोग गर्नसमेत आग्रह गरेका छन् । सभासद परियारले पनि अब आफू जस्ता दलितका बालबालिकालाई विद्यालयमा कु नै पनि प्रकारको दुव्र्यवहार नगरी शिक्षा दिन शिक्षकहरुलाई आग्रह गर्नुभयो ।

0 comments
प्रतिक्रिया दिनुश
Facebook