हाम्रो समय

एक पटक घार थापे वर्षभरी आम्दानी



प्रकाशित मिति: 8:16:46 am, March 21, 2015


परासी, चैत ७– कृ षि पेशा अन्तर्गत मौरीपालन व्यवसायपनि नवलपरासी जिल्लामा फस्टाउदै गएको छ ।थोरै खर्चमा वर्षभरी आम्दानी हुने मौरीपालन व्यवासय के हि निश्चित क्षेत्रमा मात्र भएपनि यो व्यवसायबाट कृषकहरु निकै लाभ लिन सके का छन् । जिल्लाको गंैडाकोट, देवचुली, प्रगतिनगर, कावासोती, दुम्बकीबास, बर्दघाट, सुनवल जहदा,लगायतको क्षेत्रमा मौरी पालन हुदै आएको छ । जिल्लामा ४ वटा ठुला मारीश्रोत केन्द्रहरु छन् भने करिब १५ वटा निजि मौरी फर्महरु छन् ।

जिललामा २५ देखि ३ हजारसम्म मौरी घार छन् भने करिब ३ सय जना कृषक यस व्यवसायमा आवद्ध छन् । एकपटक मौरी घार थापेपछि सोही घारबाट अरु घार बढाउन पाउने र वर्षभरि मह उत्पादन गर्न सक्ने व्यवासय रहेको जिल्ला कृ षि विकास कार्यालयले जनाएको छ । जिल्लामा करिब १ सय देखि १ सय २५ मेटिकटन मह उत्पादन हुने गरेको । यस व्यवासायिक मौरी पालन व्यवसायमा कृ षकहरुको संख्या बढेको कार्यालयले जनाएको छ । विगत ८ वर्षदेखि मौरी पालन व्यवसाय शुरु गरेको जहदाका होमनाथ ज्ञवालीले यसै सिजनमा मात्र ४० घारमौरीबाट अहिले ८० घारमौरी बनाउनु भएको छ । मौरीपालनबाट ज्ञवालीले नगद राम्रो आम्दानीको श्रोत रहेको बताउदै मह जिल्ला स्थित मौरीपालन महासंघलाई विक्री विरतण गर्ने गरेको बताउनु भयो । यस व्यवसायबाट आफनो जिवन गुणस्तर बनाउनका साथै बच्चाहरुलाई गुणस्तरीय शिक्षा दिन सक्ने स्थित रहेको उहाँले बताउनु भयो । मौरीपालन व्यवसाय एक पटक घार थापेपछि वर्षभरि उतपादन लिन सक्ने व्यवसाय पछिल्लो समय देखि लोक प्रिया बन्दै गएको छ जसलाई अझै फस्टाउन जिल्ला कृ षि विकासले विभिन्न कार्यक्रमहरु संचालन गर्न आवश्यकछ साथै यस व्यवासयमा आईपरेको समस्याहरको सामाधानका लागि बाटो खोज्ने र कृषकहरुलाई प्रात्साहन र प्राविधिक परामर्श गर्ने ज्ञवालीले बताउनु भयो ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook