हाम्रो समय

लावती राप्रपानेपालले थाल्यो राष्ट्रवादी एकता



प्रकाशित मिति: 7:54:55 am, March 21, 2015 काठमाडौं, चैत ७–राष्ट्रवादी एकतामा जोड दिँदै पद्मसुन्दर लावतीको अध्यक्षतामा गठित राप्रपा नेपालले नौं दल सम्मिलित एकता समिति गठन गरेको छ ।

समानान्तर रुपमा संचालित राप्रपा नेपालको के न्द्रीय कार्यालयमा शुक्रबार बसेको वैठकले समान विचारधारा भएका दलहरु समावेश भएको समिति गठन गरेको हो । राप्रपा नेपाल समानान्तरको संयोजनमा गठन गरिएको समितिमा नेपाल राष्ट्रिय लोकतान्त्रिक दलका अमर केसी, हाम्रो नेपाल पार्टीका भैरवबहादुर कार्की, राष्ट्रवादी एकता पार्टीका उमा श्रेष्ठ, देशभक्त राष्ट्रवादी एकता पार्टीका भेषराज न्यौपाने, नेपाल दलित पार्टीका गोपालबहादुर सुनुवार, राष्ट्रिय शिव सेना पार्टीका विक्रमबहादुर बम, लीग नेपाल शान्ति पार्टीका घनेन्द्रबहादुरबस्नेत, राष्ट्रवादी एकता पार्टीका कृष्णबहादुर शाही तथा बहुजातीय समावेशी पाटीका शंकर थापा रहेका छन् । विभिन्न दल सम्मिलित यस अभियानको उद्देश्य, देशमा छरिएर रहेका राष्ट्रवादी शक्तिलाई एकत्रित गरी देशमा विद्यमान संकट निराकरण भएको लावती पक्षीय राप्रपा नेपालका प्रवक्ता सगुनसुन्दर लावतीले बताए । उनका अनुसार, राष्ट्रवादी धारमा अडेर राजनीतिक निकास प्रदान गर्नु गराउनु अभियानको मूल लक्ष्य हो । अभियानमा त्यसकारण समान विचारधारा भएका अन्य दलहरुलाई समेत समावेशगरिने उनको भनाई छ । राष्ट्रिय आवश्यकता आत्मसात गर्दै यस अभियानलाई बृहत बनाउँदै लैजाने वैठकमा सहभागी दलहरुबीच समझदारी कायम गरिएको बताइएको छ । लावती पक्षीय राप्रपा नेपालको चैत्र १ र २ गते सम्पन्न केन्द्रीय कार्य समितिको वैठकले समान विचारधारा भएका दल, समूह र व्यक्तिविशेषसँग एकता वार्ता गर्ने भन्ने निर्णय गरेको थियो ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook