फेसबुकले लगायो यी कुरा राख्न बन्देज

प्रकाशित मिति: 6:10:24 am, March 21, 2015 एजेन्सी – विश्वभरलगभग १ अर्ब ३९ करोड (१.३९बिलियन) प्रयोगकर्ता भएको संसारकै ठूलो आमसञ्चारको माध्यम हो,फे सबुक । यसमा हरेक पल संसारका हरेक कुनामा रहेका व्यक्तिले के ही न केही हालिरहेका वा हाल्न खोजिरहेका हुन्छन् । त्यसमा के – के पर्छ हामी कल्पनासम्म पनि गर्न सक्दैनौं ।’
गत सोमबार फे सबुक कम्पनीले फे सबुकमा के के पोस्ट गर्न पाइँदैन भन्ने जानकारी सार्वजनिक गरेको छ । समाजमा उत्तेजना तथा हिंसा पैदा गर्ने कुनै पनि सामाग्री फे सबुकमा राख्न पाइने छैन । यद्यपि,यसो गर्दा कसैको सूचनाप्रतिको हक भने कु ण्ठित हुन नहुनेमा फे सबुक सचेत रहेको बताइन्छ । फे सबुक प्रयोगकर्ता विभिन्न देशका विभिन्न तह तप्का ,धर्म र समुदायका छन् । जसले गर्दा पनि फे सबुकमा के गर्न हुने वा नहुने भन्नेमा फे सबुक आफैं द्विविधामा थियो । अब फे सबुक कु नै पनि हिंसात्मक सामग्री पोस्ट गर्न पाइँदैन । हिंसालाई बढावा दिने वा त्यसको समर्थन गर्ने खालका सामग्री पनि निषेध गरिएको छ । त्यस्तै आतंकवादसँग संलग्नता देखिने सामग्री पनि राख्न पाइँदैन । कसैलाई गाली बेइज्जती गर्न फे सबुकमा निषेध गरिएको छ । आत्महत्या गर्न अभिप्रेरित गर्ने सामग्री पनि निषेधको सूचीमा राखिएको छ । फे सबुकमा सुरुदेखि नै अश्लील क्रियाकलापका सामग्रीमा बन्देज लगाइएको छ । महिलाहरुले खुल्ला स्तन देखाएको फोटो राख्न नपाए पनि आमाले शिशुलाई स्तनपान गराइरहेको फोटो राख्न भने कुनै बन्देज छैन । यति सबै हुँदा पनि फे सबुकले प्रयोगकर्ताको सामग्री आफैं स्क्यान गरेर भने हटाउने छैन । यसका लागि प्रयोगकर्ताले नै उजुरी गर्नुपर्छ र उजुरी गरेको ढिलामा ४८ घन्टाभित्र यस्ता सामग्री हटाइन्छन्
0 comments
प्रतिक्रिया दिनुश
Facebook