हाम्रो समय

जेठ १५ मा संविधान जारी गर्ने गरी तयारी भैरहेको छ : सिटौला


Posted: Saturday, Mar 28, 2015 12:32 PM ( 12 minutes ago )

काठमाडौं, चैत १४ – नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले गणतन्त्र दिवसको अवसर पारेर संविधान जारी गर्ने गृहकार्य भैरहेको बताउनुभएको छ ।
पार्टी निकट कर्मचारीको संगठन नेपाल निजामति कर्मचारी युनियनले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा कांग्रेस महामन्त्री सिटौलाले गठतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते संविधान जारी गर्ने विषयमा दलहरुबीच भित्रभित्रै छलफल भैरहेको बताउनुभयो ।
उहाँले दलहरुबीच संविधानका केही विषयमा विवाद भएपनि सहमतिका आधारमा संविधान बन्ने बताउनुभयो । उहाँले सबैभन्दा ठूलो दलका नाताले सबै दललाई एकताबद्ध गर्नु नेपाली कांग्रेसको जिम्मेवारी भएको भन्दै कांग्रेसले आफ्नो जिम्मेवारी कुनै हालतमा पूरा गर्ने बताउनुभयो ।
कांग्रेस महामन्त्री सिटौलाले शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक प्रा. डा. गोविन्द केसीले उठाएकामा माग पूरा गर्न सरकार गम्भीर हुनुपर्ने पनि बताउनुभयो । उहाँले चिकित्सा शिक्षा माफियाको पञ्जामा पर्न लागेको र नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्न खोजिएको भन्ने विषयलाई सरकारले  तत्काल सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
कांग्रेस महामन्त्री सिटौलाले निजामती कर्मचारीले नागरिकको चाहना अनुसार सेवा प्रदान गर्नका लागि आफूलाई परिवर्तन गर्नुपर्ने बताउनुभयो । उहाँले निजामती कर्मचारीले आफ्नो कार्यशैलीमा परिवर्तन नगरे नागरिकलाई राजनीतिक परिवर्तनको अर्थ नहुने बताउनुभयो ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook