हाम्रो समय

एसएलसी परीक्षार्थीलाई टेलिकमको सहुलियत सिमकार्ड



| Published: March 27, 2015 | शुक्रबार 13 चैत,2071 | 8:17 PM |

काठमाडौं, चैत्र १३ । नेपाल टेलिकमले २०७१ सालको एसएलसी परीक्षामा सहभागी भएका विद्यार्थीहरुलाई शुक्रबारदेखि सहुलियत दरमा सिमकार्ड बिक्री–वितरण गर्न सुरु गरेको छ ।

मोबाइल सेवामा युवा तथा विद्यार्थी वर्गको आकर्षण दिनानुदिन बढ्नुका साथै मोबाइल सेवामार्पmत् इन्टरनेट सेवाको प्रयोगमासमेत बृद्धि भएकाले युवा तथा विद्यार्थी वर्गलाई लक्षित गरी

सहुलियत दरमा सेवा उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।

सहुलियत योजनाअनुसार विद्यार्थीहरुले १०० रुपैयाँमा १ सय नै बराबरको ‘टक भ्यालु’ र १०० मेगावाइट बराबरको डाटा सेवासहित

चैत्र मसान्तसम्म कायम रहने जनाइएको छ ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook