स्वास्थ्य र शिक्षामन्त्री संलग्न टोलीसँग डा. केसीले वार्ता नगर्ने
शुक्रबार , १३ चैत्र २०७१ ९:५४ पम
अनशनरत डा. गोविन्द केसी १३ चैतमा ।
सरकारले डा. केसी अनशन बसेको छैठौं दिन त्रिवि शिक्षण अस्पतालका रेजिडेन्ट डाक्टरहरुसमेत आन्दोलनमा उत्रिएपछि १३ चैतमा शिक्षामन्त्री चित्रलेखा यादव, स्वास्थ्य मन्त्री खगराज अधिकारी र मुख्य सचिव लीलामणि पौडेल सम्मिलित वार्ता समिति गठन गरेपछि केसीले उक्त टोलीसँग वार्ता नगर्ने प्रतिक्रिया दिएका छन् ।
“शिक्षा मन्त्री र स्वास्थ्य मन्त्रीमाथि कार्वाहीको माग गरिरहेका बेला उनीहरु नै सहभागी रहेको टोलीसँग वार्ता गर्ने कुरै हुँदैन,” केसीले हिमालखबरसँग भने, “यो त आन्दोलनकै अपमान हो ।”
अघिल्ला चार पटकका अनशनको बेला भन्दा केसीको स्वास्थ्य यसपटक चाँडै गलेपछि चिकित्सक र नागरिकसमाजका अगुवाहरुले समस्या समाधानका लागि दबाब बढाउनु पर्ने बताएका छन् ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook