पानी पिउनुभयो ? ‘मिर्गौला रोगबाट बच्न पानी पिउँ र पिलाऔं

Posted: Thursday, Mar 12, 2015 06:32 AM
काठमाडौं, फागुन २८– विश्व मिर्गौला दिवस, बिहीबार ‘सबैको लागि स्वस्थ्य मिर्गौला’ भन्ने नाराका साथ मनाईंदैछ । नेपालमा सन् २००६ देखि हरेकवर्ष मार्च महिनाको दोस्रो बिहीबार मिर्गौला दिवस मनाउने गरिएको छ ।
यसवर्षको दिवसमा पानी पिउन जोड दिईएको छ । आफु पनि विहान एक गिलास पानी पिउन र अरुलाई पनि पिलाउन जोड दिईएको डाक्टरले बताएका छन् । उनीहरुका अनुसार मिर्गौला स्वस्थ राख्न पानीको भूमिका निकै महत्वपूर्ण हुन्छ । विहान कम्तिमा एक गिलास पानी खाएमिर्गौला रोगबाट बच्न सकिन्छ । पानीले शरीर भित्रका विषाक्त तत्वलाई पिसाबका माध्यमबाट बाहिर फाल्न र प्रेसरलाई सन्तलुनमा राख्न मिर्गौलालाई सघाउँछ ।
मानव शरीरमा ६० प्रतिशत पानी हुन्छ । यो मात्रा घट्दा फोक्सो, मुटुमा समस्या हुने, थकान, टाउको दुख्ने जस्ता तत्कालिन र धेरै दीर्घकालिन समस्या देखिन्छन् । राष्ट्रिय मिर्गौला उपचार के न्द्रका वरिष्ठ मिर्गौला रोग विशेष एवम् कार्यकारी निर्देशक प्रा.डाक्टर ऋषिकु मार काफ्लेले मिर्गौला रोगको शीघ्र पहिचान तथा यसको निदान नै आफ्नो मिर्गौला स्वस्थ्य राख्ने मूल मन्त्र भएको बताउनुभयो ।
मिर्गौला स्वस्थ्य राख्नका लागि सबैले एक दिनमा कम्तीमा तीन लिटर पानी पिउनुपर्ने, मधुमेह तथा उच्च रक्तचापलाई सन्तुलनमा राख्न सक्नुपर्नेमा जोड दिंदै डाक्टर काफ्लेले भन्नुभयो, ‘धुमपानको आदत भएका, ५० वर्ष भन्दा बढी उमेर नाघिसकेका, मिर्गौलामा अन्य कुनै समस्या भएकालाई मिर्गौला रोगको खतरा बढी हुने भएकाले हरेक वर्ष मिर्गौला परीक्षण गर्नु आवश्यक छ’ ।
मिर्गौला रोगबाट कसरी जोगिने ?
विहान विहान नियमित पानी पिउने नियमित व्यायाम गर्ने मधुमेहका विरामीको रगतमा चिनीको मात्रालाई सन्तुलनमा राख्ने रक्तचाप नियमित परीक्षण गर्ने धुमपान नगर्ने जथाभावी औषधी नखाने दुखाई कम गर्ने औषधी सकेसम्म नखाने खाना खाएको ३० मिनेटपछि कम्तिमा १५ मिनेट हिडडुल गर्ने मोटोपन घटाउने ।
लक्षण
खुट्टा, आँखा सुन्निने पिसाव थोरै मात्रामा मात्र हुने छिन छिनमा पिसाबल लागिरहने खान मन नलाग्ने सास फे र्न गाह्रो हुने छाती दुख्ने कम उमेरमै उच्च रक्तचाप हुने ।
तथ्याङ्क अनुसारनेपालमा २७ लाख मानिस मिर्गौला रोगी छन् । विश्वका झण्डै १० प्रतिशत मानिसमा कु नै न कुनै किसिमको मिर्गौला रोग हुनाले मिर्गौला रोगको रोकथाम र उपचारको बाटो निकै लामो भएको डाक्टरहरु बताउँछन् । आउँदो एक दशकमा १७ प्रतिशतले बढ्ने अनुमान गरिएको छ र विश्व स्वास्थ्य संगठनले यसलाई अत्यन्तैखतरनाक स्थिति भनेको छ । धनी र गरीब दुवै राष्ट्रमा मिर्गौला रोगी भेटिएका छन् ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook