हाम्रो समय

डेरामाश्रीमती भेट्न जाँदा कैदी फरार



प्रकाशित मिति: 7:20am March 12, 2015 काठमाडौं,फागुन २८ – उपचारका लागि लैजाँदा मंगलबार अस्पतालबाट भागेको भनिएका डिल्लीबजार कारागारका कै दी पासाङ शेर्पा श्रीमतीलाई भेट्न डेरामा जाँदा भागेको खुलासा भएको छ । कै दीकी श्रीमतीको योजना र प्रहरीको सहयोगमा उनी भागेको अनुसन्धानमा खुलेको हो । जेलर खड्गप्रसाद शर्माका अनुसार अस्पताल जाने बहानामा शेर्पा बौद्धस्थित डेरामा गएको र कोठाबाटै भागेको प्रमाण भेटिएको छ । ‘उनका छिमेकीले पनि शेर्पा र प्रहरी आएको पुष्टिगरेका छन्,’ उनले भने,‘घटनामा प्रहरीको मिलेमतो देखिन्छ ।’ कारागारका प्रहरी इन्चार्ज इन्स्पेक्टर रवीन्द्र रञ्जितको निर्देशनमा तीन प्रहरीले शेर्पालाई श्रीमतीसँग भेट गराउन बौद्धस्थित डेरामा लगेको अनुसन्धानमा खुलेको छ । शेर्पाको निगरानीमा खटिएका प्रहरीले इन्स्पेक्टर रञ्जितकै आदेशमा डेरामा लिएर गएको बयान दिएका छन्,आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook