हाम्रो समय

झगडा गर्दा टोकेको ओठ भुँइमा झर्दा जेलको बास



प्रकाशित मिति: 3:31:02 pm, March 19, 2015


जीवनको कुनै न कुनै मोडमा हामी सबैको झगडा भएको हुन्छ, कुनै न कुनै व्यक्तिसँग तर यस्तो झगडा देखेर झगडा गर्ने व्यक्ति नै डराउन सक्छन् । हो, यहाँ हामी नाइजेरियाको आजाओ र लेगोस एस्टेटको कुरा गरिरहेका छौँ जहाँ दुई महिलाहरुको झगडाको क्रममा एक महिलाले अर्की महिलाको ओठ यसरी टोकिदिएकी छिन् कि ओठको तल्लो भाग नै भुँइमा झरेको थियो ।


घाइते महिला अदा जय श्याम्युलले एजिओफोर चार सन्तानकी आमा चिओमाले उनको बारेमा कुरा काटिरहेका कारण झगडा गर्नु परेको बताएकी छिन् ।

छानबिनको क्रममा पुलिसले चिओमाले छिमेकीसँग मिलेर अदाको कुरा काट्ने गरेको पत्ता लगाएका छन् । आफ्नो बारेमा अनावश्यक कुरा गरिरहेको थाहा पाएकी अदाको रिसले चुर भएर चिओमासँग सार्वजनिक स्थलमा नै झगडा गर्न थालेको बताइएको छ ।

झगडाको क्रममा चिओमाले अदाको ओठ टोकेर जमिनमा फ्याकिँदिइन् । रक्तश्राव निकै भएपछि अदा अस्पतालतर्फ भागिन् भने चिओमालाई भने पुलिसले पक्राउ गरेको छ ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook