आउँदो शुक्रबार दिउँसै हुनेछ रात, अँध्यारोमा डुब्नेछ धर्ती !
प्रकाशित मिति: 10:57:43 am, March 18, 2015
पूर्ण सूर्यग्रहणका कारण हुँदैछ यस्तोः
आउँदो शुक्रबार दिउँसो सो घटना हुँदैछ । यो दिन सूर्य, पृथ्वी र चन्द्रमाको विशेष स्थितीका कारण पूर्ण सूर्यग्रहण लाग्दैछ । यो यस वर्षको पहिलो सूर्यग्रहण हुनेछ । यो खगोलीय घटना युरोप। अटलान्टिक महासागर र अफ्रिकामा देखिनेछ ।
करिब चार घण्टा चल्नेछ यो क्रमः
खगोलविद्हरुका अनुसार यो सूर्यग्रहण नेपाली सयम अनुसार चैत ६ गते दिउँसो १२ बजेर ५६ मिनेटमा सुरु हुनेछ भने ५ बजेर ५ मिनेटमा यो अन्त्य हुनेछ । सूर्य, पृथ्वी र चन्द्रमाको रमाइलो भूमिका भएको घटनाक्रम लगभग ४ घण्टासम्म चल्नेछ ।
मात्र २ मिनेट ५० सेकेन्डको पूर्ण ग्रहणः
यद्यपी यो सूर्यग्रहण करिब ४ घण्टासम्म चल्नेछ तर पूर्ण ग्रहण दिउँसो ३ बजे हुनेछ । यो समयमा सूर्यलाई चन्द्रमाले पूरै ढाक्नेछ जसले धर्तीमा पूरै अँध्यारो छाउनेछ र यो स्थिती २ मिनेट ५० सेकेन्डसम्म रहनेछ ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook