हाम्रो समय

सम्भव होला काठमाडौं उपत्यकामा के वलकार ?



-

काठमाडौँ: काठमाडौँउपत्यकामा यातायातको वैकल्पिक साधनका रुपमा केवलकारको सम्भाव्यता अध्ययनका लागि फ्रान्सेली सरकारले आर्थिक तथा प्राविधिकसहयोग गर्ने भएको छ।

उपत्यकामा बढ्दो सवारी जाम र प्रदूषणलाई नियन्त्रण गर्न केवलकारको सम्भाव्यता अध्ययन गर्न फ्रान्सको सरकारी कम्पनी एमडिपी सिस्ट्रा कन्सोल्टियमलाई अनुमति दिइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर सुरेश पौडेलले जानकारी दिए।

“उपत्यकामा ट्याक्सी भाडाभन्दा आधा सस्तो र सार्वजनिक सवारीसाधनभन्दा पाँच गुणा बढी भाडा पर्ने भए पनि वैकल्पिक साधनका रुपमा केवलकार प्रभावकारी देखिएकाले अध्ययनका लागि अनुमति दिइएको हो”– पौडेलले भने।

सरकारले अनुदान दिए के वलकारको भाडामा अझ कमी गर्न सकिने मन्त्रालयले जनाएको छ। के वलकारलाई यातायातको वैकल्पिक साधनका रुपमा प्रोत्साहन गर्ने नीति सरकारले चालु आवको बजेट वक्तव्यमार्फ त गरेपछि अहिले मन्त्रालयमा एक दर्जन सङ्घसंस्थाले सञ्चालनका लागि अनुमति माग गरेको मन्त्रालयका प्राविधिक अधिकृ त जगन्नाथ घिमिरेले बताए।

नेपालमा विसं २०५५ देखि मनकामना दर्शन प्रालि र ‘चितवनकोइ’ ले धादिङको कु रीनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म के वलकार सञ्चालन गर्दै आएको छ। केवलकारमा दुर्घटनासमेत नहुने भएकाले सुरक्षित सवारीसाधनका रुपमा लिइने गरिएको छ।

करिब एक वर्षको सम्भाव्यता अध्ययनपछि उपत्यकामा केवलकार सञ्चालन गर्न सकिने वा नसकिने तथ्य ठोसरुपमा बाहिर आउने पौडेलले बताए

0 comments

प्रतिक्रिया दिनुश

Facebook