हाम्रो समय

विश्वकप क्रिकेटमाभारत पराजित भएपछि एक युवकले आत्महत्या गरे



नयाँ दिली, १२ चैत । आफ्नो देशले विश्वकप

क्रिके टको सेमिफाइलनमा अस्ट्रेलियासँग हारेपछिएक भारतीय युवाले घरबाट हामफालेर आत्महत्या गरेका छन् । भारतको लखनऊ सचिवालयको बिल्डिङ (बापु भवन) बाट भारतले अस्ट्रेलियाको हातबाट हारेलगत्तै उमेश नाम गरेका ती युवकले घरको माथिल्लो तलाबाट आत्महत्या गरेका हुन् । प्रहरीले प्राराम्भीक अनुसन्धानका क्रममा उनले आत्महत्या गर्नुमा भारतले खेल हार्नु अनुमान गरिएको जनाएको छ। मृतक युवा भारतीय सिचाइँ विभागमा जागिरे थिए। यो घटना भारतले खेल हारेलगत्तै भारतीय समयअनुसार अपरान्ह साढे चार बजे भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पुलिसले यो घटनाबारे अनुसन्धान थालेको छ।ज्यान गुमाएका युवाकोबारेमा बिस्तृत अनुसन्धान थालिएको लखनउ प्रहरीले जनाएको छ ।एजेन्सी

0 comments

प्रतिक्रिया दिनुश

Facebook