हाम्रो समय

मंगलबारनेपाल र भारतबीच हुने फुटबलकोतयारी पूरा




काठमाडौं, चैत



१० हजार टिकट बिक्रीगरिने, टिकटदर ७ सय र १५ सय



अभ्यास गर्दै नेपाली खेलाडीहरू

विश्वकप फु टबल २०१८ को प्रारम्भीकछनोट अन्तर्गत भारतसँगको दोस्रो खेलमा नेपालको खेल्ने ‘होम गेम’को तयारी पूरा भएको बताएको छ।

दिउँसो तीन बजेदेखि हुने खेलका लागि भारतीय टिम काठमाडौं आइसकेको अखिल नेपाल फु टबल संघ (एन्फा)ले आइतबारपत्रकार सम्मेलन गरी जानकारी गरायो।

मंगलबार दिउँसो साढे ३ बजे दशरथ रंगशालमा नेपालले भारतसँग खेल खेल्ने छ। यसअघिगुवाहटीमा भएको पहिलो खेलमा नेपालले नतिजा २-० ले गुमाएको थियो।

१० हजार टिकटबिक्री गरिने

एन्फाले यो पटक१० हजारमात्र टिकटबिक्री गर्ने बताएको छ।दशरथ रंगशाला मर्मतकै क्रममा रहेकाले साधारण प्याराफिटतर्फ ८ हजार र भीआइपीतर्फ २ हजार टिकटबिक्री गरिने महासचिव धिरेन्द्र प्रधानले बताए।

बिहान ८ बजेदेखि १२ बजेसम्मदशरथ रंगशालामै टिकट बिक्री गरिने आइतबारको पत्रकार सम्मेलनमा जानकारी गराइयो।

टिकटदर

साधारण प्याराफिटतर्फ - ७०० रुपैयाँ

0 comments

प्रतिक्रिया दिनुश

Facebook