हाम्रो समय

भेट्टाएको एक लाखकोबिटो सम्बन्धित व्यक्तिलाई नै फिर्ता



धुलिखेल: यदि तपाईलेएक लाख रुपैँयाको बिटोभेट्टाउनु भयो भने के गर्नुहुन्छ ?धेरैलेभेट्टाएको पैसा कसैले देखेको छैनभन्दै आफैले खर्च गर्ने सोच बनाउने गर्दछन् तरकाभ्रेमा एक लाख रुपैँयाको बिटोभेट्टाउने व्यक्तिले सम्बन्धित व्यक्तिलाई नैहस्तान्तरणगरेका छन् ।

जिल्लाको भूमिडाँडाँ गाउँ विकाससमिति–७ का हरिप्रसाद हुमागाँईलेआफ्नोश्रीमतीलेभेट्टाएको एक लाखरुपैँयाको बिटोसम्बन्धितव्यक्तिलाई हस्तान्तरण गरेका छन्। भेट्टाएको एक लाख रुपैँया आईतबारहरिप्रसादले सम्बन्धित व्यक्ति रामेछाप भलुवाजोर–२ घर भई हाल भक्तपुरकौशलटारबस्दैआएका ट्रिपरव्यवसायी अर्जुनबहादुर थापालाई बुझाएका हुन् । (i)

हरिप्रसादले बनेपामा रहेको चेष्टा साप्ताहिक पत्रिकाको कार्यालयमा आएरउक्त रकमहस्तान्तरण गरेका हुन् । शुक्रबार आफन्तको घरमा जान हिडेकी हुमागाँईकी श्रीमती गोमाले दिउँसो ३ बजेतिरबीचसडकमा एक लाख रुपैँयाको बिटो भेट्टाएकी थिईन् ।

श्रीमान् घरफर्के पछि गोमाले आज अचम्मभो भन्दै श्रीमान्लाई बताएपछि घरमा के हिनराम्रो भयोकी भन्दै हरिलेहत्तपत्त के भयोभनेर सोध्दा एक लाख रुपैँया भेट्टाएको खबरसुनाएकी थिईन् ।

‘श्रमितीलेयस्तोकुरा सुनाएपछि उनको मनचोर्नको लागि यो पैसाले के गर्छौ भनेरसोधेँ उनले सम्बन्धित व्यक्तिलाई नैदिनुपर्छ भनेरजवाफ फर्काइन, श्रीमतीको कुराले धेरै खुसी भएँ’हरिले भने ।

आफुहरुले भेट्टाएको रकमयदि कुनै गरिब व्यक्तिले ऋण गरेर उक्त पैसा झिके को भएको खण्डमा हराएको पिरले आत्महत्या गर्ने हो की भन्ने डरलेउनीहरुलाई रातभर निन्द्रा नलागेको हरिले बताए ।

भोलिपल्ट गाउँमारहेकोउडुवादेवीरोडा ढुङ्गा उद्योगबाट पैसा लिएरगएको व्यवसायीकोपैसाहराएको खबर सुनेपछि हुमागाँई परिवारलेसम्बन्धितउद्योगकासञ्चालकसँग कुरा बुझ्दा पैसा हराएको व्यक्ति पहिचान भएपछि उनको सम्पर्क नम्बरलिएरपैसा भेट्टाएको खबरगरेका थिए ।

‘भेट्टाएको पैसा सम्बन्धित व्यक्तिलाई हस्तान्तरणगर्न पाउँदा आनन्द महशुसभएको छ’ हरिलेथपे ।उडुवादेवी रोडा ढुङ्गा उद्योगमा पैसा लिन आएका अर्जुनएक लाख रुपैँया लिएरकाठमाडौँफर्कि एका थिए ।

आफुले लगाएको ज्याके टको दाँया खल्तीमाएक लाख रुपैँयाको बिटो हालेका अर्जुनलाई बनेपाआएपछि मात्रै आफ्नो पैसा हराएको थाहा पाएका थिए ।पैसा हराएपछि निराश बनेका अर्जुन पैसा खोजी गर्दैपूनः खानीमापुगेका थिए । खानीमागएरहेर्दा त्यहाँ पैसा दिएकोर त्यहाँ नभएपछि उनीपैसामायामारेरफर्कि एका थिए ।

‘पैसा हराएपछि भेट्टिने आश मारेर बसेको थिएँ,शनिवार बिहानकरिबसाढे नौबजे खानी सञ्चालक अशोक लामाले फोनगरेरपैसाभेट्टिएको भन्दै खबरगरेपछि उहाँ(हरिका दाजु बसुन्धरा)लेपैसाआफुहरुले भेट्टाएको भन्दैफोन गर्नुभयो’ अर्जुनले खुसी हुँदैभने–‘अहिलेसम्मजीवनमा यति धेरै रकमकहिल्यै हराएकोथिएन’ ।

हराएकोपैसाभेट्टिएपछि पाएपछि अर्जुनलेखुसीहुँदै हरिप्रसादको परिवारलाई धन्यवाद दिए ।‘ भेट्टाएको अरुको पैसाले जीवन चल्दैनआफै लेपश्रिम गरे आफ्नो परिवार चलाईरहेको छु’ हरिले भने ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook