हाम्रो समय

रानीबारी हत्याकाण्डका अभियुक्त मणिराज गुरुङ र प्रवेश चोखान १२ वर्षपछिपक्राउ

काठमाडौं । नेपाल प्रहरीको घाँटीमा अड्किएको काँडाको रुपमा रहेको रानीबारी हत्याकाण्ड का अभियुक्तहरु मणिराज गरुङ र प्रवेश चोखानलार्इ प्रहरीले १२ वर्षपछि नियन्त्रणमा लिएको छ। सो घटनाका अभियुक्तहरुलाई १२ वर्षदेखि प्रहरीले भेट्न सके को थिएन ।

सामाकोशी क्षेत्रमा होटल तथा डान्स रेष्टुरेण्ट सन्चालन गर्दे आएका गुरुङ विभिन्न आपराधिक गतिविधी संलग्न हुदै आएका थिए। चार दिन अघि पक्राउ परेका गुरुङ र चोखानलार्इ के न्द्रिय अनुसन्धान व्युरो सिआइवीका निर्देशक हेमन्त ठकु रीले पत्रकार सम्मेलन गरि सार्वजनिक गर्नुहुनेछ।

काठमाडौं लाजिम्पाटमा ३१ असार ०५९ को बिहानै एक दम्पत्तीको बीभत्स हत्या भएको थियो । सो हत्याकाण्ड लामो समयदेखि रहस्यमय रहेको थियो। लाजिम्पाटको गीता खड्काको घरमा डेरा गरी बस्ने इन्जिनियर ३७ वर्षीय हेमन्त श्रेष्ठ र उनकी श्रीमती अन्जलीको एक समूहले विहानै खुकरी प्रहार गरी हत्या गरेको थियो।

0 comments

प्रतिक्रिया दिनुश

Facebook