हाम्रो समय

फोहर गर्नेलाई डेढ लाख जरिवाना, छ महिना कैद



जनकपुर- नेपाल सरकारका मुख्य सचिव लीलामणि

पौड्यालले वाग्मतीबाट सुरु गरिएको सफाइ अभियानलाई

राष्ट्रव्यापी बनाउँदै बुधबार जनकपुरको सडक सफाइ गरेका

छन्। एकदिन अगावैजनकपुर आइपुगेका पौडेलले बुधबार

बिहान शिवचोकदेखि जानकी मन्दिरसम्मको बाटो सफाइ

गरे। हरेक व्यक्तिले आफ्नो घरअगाडिको सडक आफैं सफा

गर्नुपर्ने प्रावधान कडाइसाथ लागु गर्नुपर्ने बताउँदै पौडेलले

यसका लागि जनकपुरका नागरिकलाई क्रियाशील हुन आग्रह

गरे।

'प्राचीनकालदेखि धार्मिक तथा प्राकृ तिक सौन्दर्यका लागि

कहलिएका जनकपुर आज मुलुकमै फोहरी नगरका रुपमा

परिचित भएको छभने यसको पुरापुरी दोष यहीँका

बासिन्दाउपर जान्छ,' पौडेलले भने, 'अब यो नगरको

पहिचान फे र्न पनि यसै क्षेत्रका जनता जाग्नुको विकल्प छैन।'

विश्वभरका हिन्दुसमुदायमा आस्थाको के न्द्र रहेको

जनकपुरलाई दुर्गन्धित बनाएकोमा यो नगरपालिका पनि

उत्तिकै जिम्मेदार रहेको आरोप लगाउँदैउनले भने,

'नगरपालिका कर्मचारीले इमानदारीपूर्वक काम गरेको छैन

भने तिनलाई कारबाही गराउन पनि तपाईंहरु

(जनकपुरवासी) नै सजग हुनुपर्छ।'

मुख्य सचिव पौडेलले नगरको बस्तीबस्तीमा टोल सुधार

समिति गठन गर्न स्थानीयलाई सुझाउँदै भने, 'आफ्नै

घरअगाडि आफैं ले फोहर गर्ने अनि सफा गर्न आएन भनेर

बाहिरकालाई गाली गर्ने। यो कस्तो प्रवृत्ति हो?' सबैले

कम्तीमा आफ्नो घरअगाडिको सडक आफैं ले सफा गर्नैपर्ने

नियम लागु गर्न पौडेलको सुझाव छ।

उनले घरअगाडिको सडक फोहर गर्नेलाई कारबाही गर्न टोल

सुधार समितिहरुलाई अधिकार दिनुपर्ने बताएका छन्।

'कसैले एकचोटि फोहर गरेको फे ला पर्छ भने पाँच हजार

जरिवाना गर्नुस्,' जानकी मन्दिर अगाडिको सडक सफाइ

गरिसके पछि भेला भएका स्थानीयसँग पौडेलले भने, 'अर्को

चोटि ५०हजार, फे रि सच्चिएन र फोहर गरेको भेट्छ भने

डेढ लाख रुपैयाँ जरिवाना र छ महिना कै द गर्नुस्।'

यसरी जरिवाना गरी असुलिएको रकममध्ये आधा पैसा

टोलसुधार समितिले राख्ने र आधा सफाइ कोषमा राख्ने

गरी नगरपालिकालाई जिम्मा लाउन पौड्यालले आग्रह गरे।

0 comments

प्रतिक्रिया दिनुश

Facebook