हाम्रो समय

५सयशुल्क नतिर्दा५२२ विद्यार्थी एसएलसीबाट बन्चित



२८ फागुन, कपिलबस्तु ।कपिलवस्तुका ५सय२२ जना

विद्यार्थी यस बर्षको एसएलसीपरीक्षा दिनबाटबन्चित हुने

भएका छन् ।५ सय रुपैयाँ परीक्षा शुल्क नतिरेको र ७५

प्रतिशतहाजिरी नपुगेकालेउनीहरु एसएलसीबाटबन्चित

भएका हुन् ।

‘शिक्षानियमावलीअनुसारको मापदण्ड नपुगेकोले

उनीहरुलाई परीक्षामा सहभागी गराउन सकिएन,’

कपिवस्तुका सहायक जिल्ला शिक्षाअधिकारी थानेश्वर

अधिकारीले भने, ‘विद्यालयहरुले नैअयोग्यघोषित गर्दै

विवरणपठाएका छन् ।’

यसोहुनुमा विद्यार्थी रअभिभावकको कमजोरीरहेकोउनले

बताए ।

शिक्षा नियमावलीमा ७५प्रतिशतहाजिरनपुगेकालेपरीक्षा

दिन नपाउने उल्लेख छ ।गत बर्ष ४ सय ५३ जनायही

प्रावधान अनुसारएसएलसीपरीक्षाबाटबन्चित भएका थिए



चैत ५गतेदेखि सुरु हुने यसबर्षको एसएलसीपरीक्षामा

कपिलवस्तुबाट६ हजार ९सय५५ जना सहभागी हुँदैछन्

।६६ सामुदायिक, ३४संस्थागत रएक खुला

बिद्यालयबाटनियमिततर्फ ५ हजार २१२ रएक्जाम्टेड

तर्फ १हजार७४३ जनाले परीक्षाको लागि आवेदन दिएका

छन् । यो संख्या गत बर्षकोभन्दा ६सय१ जना कमहो ।

एसएलसीका लागि कपिलबस्तुमा २६परीक्षा के न्द्र कायम

गरिएको छ ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook