हाम्रो समय

चार दिनपछि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल सामान्य



आइतबारमात्र चौबीस घण्टामा१ सय ३२ उडान

काठमाडौं , फाल्गुन२८ -
टर्कि स एयरको विमान धावनमार्ग छेउमैअवतरणका क्रममा भएको दुर्घटनाका कारण प्रभावित त्रिभुवन अन्तर्राष्ट्रियविमानस्थल बुधबारदेखि सामान्य अवस्थामा फर्कि एको छ।

मंगलबारसम्मचौबीस घन्टा सञ्चालनमा ल्याइएको विमानस्थलबुधबार भने मध्य राति साढे१२ बजेपछि बन्द गरिएको छ। 'उडानसामान्यअवस्थामा आएकाले आजदेखि राति उडानहुँदैन,' विमानस्थलको टर्मिनलव्यवस्थापन प्रमुख टेकनाथ सिटौलाले भने।उनका अनुसार बुधबार रातिदेखि थप उडान छैनन्।सामान्य अवस्थामा यस विमानस्थलबाट आउने/जाने गरी ७० देखि ८० हाराहारी अन्तर्राष्ट्रियउडान हुन्छन्। अघिल्लो बुधबार बिहानपौने ८ बजेदेखि रोकिएको विमानस्थलशनिबार बेलुकी ७ बजे खुलेपछि नागरिक उड्डयनप्राधिकरणलेचौबीसैघण्टा उडान गराएको थियो। यस अवधिमा करिब ४० हजार हाराहारी यात्रु अलपत्र थिए। आइतबार मात्र चौबीस घण्टामा १ सय३२ उडान भए।यो ६३ वर्षकै नागरिक

उड्डयन इतिहासको सबैभन्दा धेरैउडान भएको दिनहो। यसअघि पर्यटन वर्ष २०६८ कात्तिकमा ९० उडानभएका थिए।

0 comments

प्रतिक्रिया दिनुश

Facebook