हाम्रो समय

एकहप्ता पर्यटकलाई लोमान्थाङ जान रोक

नया न्यूज़ खबर
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लेपर्यटकलाई कम्तीमा एकहप्ता लोमान्थाङ भ्रमणमा जान रोकलगाएको छ ।

कागबेनीदेखि माथिका क्षेत्रमा अझै पनि बाक्लो हिउँ जमेकाले दुर्घटना हुनसक्ने भन्दै केही समयलाई लोमान्थाङ भ्रमणमा अनुमति नदिएको एक्याप लोमान्थाङका प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोबाङखोलामा सामान्यपुलबनेपछि स्थानीय भने जोखिममोलेरलोमान्थाङ आउन थालेका छन् । “पर्यटकको यामसुरु भएपनि यहाँ अझै बाक्लो हिउँ जमेकै छ, त्यसैले पर्यटकलाई एकहप्तासम्म अनुमति छैन्प्रमुख शेरचनले भन्नुभयो ।

दुई हप्ताअघि तीनदिनसम्म निरन्तर हिउँ परेपछि कागबेनीदेखि माथिका क्षेत्रमा अत्यधिक हिउँ जमेको थियो । हिउँका कारण लोमान्थाङ पुगेका सात पर्यटक फर्क ननसकेपछि उनीहरुलाई हेलिकप्टरमार्फ त उद्धार गरिएको थियो ।

अनौठो भू–बनोट, राजदरबार, स्थानीय कला संस्कृति र प्राकृतिक सुन्दरतामा रमाउनलोमान्थाङमा तेस्रो मुलुकका पर्यटक बढी जानेएक्यापले जनाएको छ ।

यो याममा थुप्रै पर्यटक लोमान्थाङ जान आतुररहे पनि मौसमलेसाथ नदिएको एक्याप मुस्ताङका प्रमुख विदुर कुइँकेललेबताउनुभयो ।

“यहाँमौसमका कुनै भर नैहुँदैन, क्षणभरमै मौसमपरिवर्तन हुन्छ अनिहिमपात हुन्छ, उहाँलेभन्नुभयो, “कागबेनीदेखिमाथि गयो भने त्यस क्षेत्रमा त्यति राम्रो बस्ने ठाउँमा पनि छैन ।” एक्यापले लोमान्थाङसहित उपल्लो मुस्ताङका विभिन्न क्षेत्रमा जाने पर्यटकको तथ्याङ्क कागबेनीबाट सङ्कलन गर्दै आएको छ ।

गत वर्ष चार हजार१०० पर्यटकलेलोमान्थाङको भ्रमण गरेका थिए।“त्यसमा अधिकांश तेस्रो मुलुकका नागरिक थिए, नेपाली अलिकम जान्छन्, प्रमुख कुइँकेललेभन्नुभयो

0 comments

प्रतिक्रिया दिनुश

Facebook