मुलपानी मा क्रिश्चियन बनाउन हिंडेका जापानी युवतीहरु स्थानिय र प्रहरीको फन्दामा

काठमाडौं। काठमाडौं लगायत देशका विभिन्न भागमा धर्म परिवर्तन गराएर क्रिश्चियन बनाउनका लागि पुग्ने गरेका विभिन्न देशका नागरिकहरु अहिले स्थानियहरुको फन्दामा पर्न लागेका छन्। यसैबीच काठमाडौंको मिलनचोक, मुलपानीमा धर्म परिवर्तनका लागि प्रलोभन दिदै घरघरमा ढोका ढक्ढक्याउन पुगेकाहरुलाई स्थानियले निरुत्साहित गर्दै प्रहरीको जिम्मा लगाएर पठाएका छन्।
धर्म परिवर्तनलाई प्रोत्साहन गराउने धर्मपरिवर्तनकारीहरु दुई जापानी युवतीलाई मिलनचोक, मुलपानीका स्थानियले प्रहरीको जिम्मा लगाएर फर्काइदिएका छन्। एकाबिहानै घर घरमा गएर हाम्रो कु रा सुन्नुहोस भन्दै तनाव दिएपछि स्थानीयहरु बिनोद ढकाल, पण्डित वालमुकु न्द देवकोटा, हरि प्रसाद देवकोटा, प्रयाग देवकोटा, महेश ढुंगेल, प्रकाश ढकालहरुको नेतृत्वमा जापानीहरुलाईसम्झाउँदा समेत नमानेपछि स्थानीयहरुले प्रहरीलाईबोलाएर जिम्मा लगाएका हुन्।
स्थानिय विनोद ढकालका अनुसार सो स्थानमा धर्म परिवर्तनकारीहरुले अब हामी आउदैनौ भन्ने बचन गराएर पठाइएको छ। तर धर्म परिवर्तन गर्न प्रोत्साहन गर्ने जवर्जस्ती गर्ने काम संगठीत रुपमा हुँदै आएकोमा चिन्ता व्यक्त गर्दै उहाँले मुलपानीवासीले झै यस्ता व्यक्तिहरुलाई दुरुत्साहन गर्नुपर्ने ढकालले आग्रह गर्नुभयो
0 comments
प्रतिक्रिया दिनुश
Facebook