कार दुर्घटना हुँदा एकै परिवारका चार जना
घाइते
Posted: Saturday, Mar 28, 2015 14:44 PM
महोत्तरी, चैत्र १४ – बर्दिबास–बनेपा सडकखण्डमा
पर्ने महोत्तरीको बर्दिबास–६ कालापानीमा कार
दुर्घटना हुँदा एकै परिवारका चार जना घाइते भएका
छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर छ ।
काठमाडौंबाट बर्दिबासबा लागि छुटेको लु १ त १६०५
नम्बरको निजी कार शनिबार बिहान सडकबाट ३१ फिट
तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी कार
चालक मोरङको बयरबन–२ घर भएका ३९ वर्षका
देवेन्द्र लुईंटेल, उहाँकी श्रीमती ३४ वर्षकी रेश्मा
निरौला, छोराहरु ११ वर्षका लचित र ७ वर्षका रोशिक
घाइते भएका छन् ।
घाइते मध्ये कार चालक देवेन्द्र लुईंटेल बाहेक बाँकी
तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी
कार्यालय बर्दिबासले जनाएको छ । घाइते सबैलाई
बर्दिबासमा सामान्य उपचार गरी थप उपचारको लागि
विराटनगर लगिएको छ । तिब्र गतिमा रहेको कार
अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको
छ ।

0 comments
प्रतिक्रिया दिनुश
Facebook